April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

लक्ष्यको असी प्रतिशत ठूला करदाताबाट

गत आर्थिक वर्ष (आव) २०७५÷७६ मा ठूला करदाता कार्यालय मातहत रहेका उद्योग, सेवा र बहुराष्ट्रिय कम्पनीका करदाताबाट सरकारलाई प्राप्त हुने करमा कमी आएको छ । ठूला कारदाता कार्यालयले गत आवमा यी तीन क्षेत्रका करदाताबाट ७१ अर्ब ७७ करोड कर संकलन ग¥यो, जुन अघिल्लो आव २०७४÷७५ मा ७५ अर्ब ५ करोड मात्र थियो । गत आवको तुलनामा करीब ११ प्रतिशतले कर संकलन बढेको कार्यालयको तथ्यांक छ । अघिल्लो आवमा सो कार्यालयले १ खर्ब ४६ अर्ब रुपैयाँ संकलन गरेको थियो । ठूला करदाता कार्यालयले गत आवमा २ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा १ खर्ब ६० अर्ब रुपैयाँ मात्र संकलन गरेको छ, यो लक्ष्यको करीब ८० प्रतिशत हो । यतिहुँदा पनि निमार्ण क्षेत्र र संचार क्षेत्रको राजस्वमा कमी आएको हो । स्टील, सिमेन्ट र टेलिकम कम्पनीको कारोबारमा कमी आउँदा यी क्षेत्रको कर घटेको हो । आवमा दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको अन्तरराष्ट्रिय कारोबारमा कमी आउँदा बहुराष्ट्रिय कम्पनी शीर्षकमा कम कर उठेको हो ।

सेवाक्षेत्रमा कर घट््नुमा नेपाल टेलिकम लगायतका अन्य सस्थामा कारोबार कम हुनु पनि प्रमुख कारण हो । उद्योग शीर्षकमा सबैभन्दा धेरै १६ दशमलव ६४ प्रतिशतले कर संकलनमा कमी आएको छ । त्यस्तै, सेवाक्षेत्रबाट ३ दशमलव ४२ र बहुराष्ट्रिय कम्पनीबाट १ दशमलव ३२ प्रतिशतले कर घटेको छ । कार्यालयले आफू मातहतका करदातालाई कृषि, बैंक तथा फाइनान्स, बहुराष्ट्रिय कम्पनी, उद्योग, सेवा र व्यापार गरी ६ शीर्षकमा विभाजन गरेको छ । उद्योग क्षेत्रको कर कम हुनुमा विशेषगरी स्टील उद्योगहरूको विक्रीमा कमी आउनु प्रमुख कारण रहेको छ । अन्तराष्ट्रिय बजारमा स्टीलको मूल्य घट््दा महँगोमा कच्चा पदार्थ किनेका स्टील व्यवसायीले कम मूल्यमा विक्री नगरेका कारण विक्रीदर घटेको हो । त्यस्तै, सिमेन्ट क्षेत्रमा पनि कर संकलन खासै बढ््न सकेको छैन । उद्योग क्षेत्रका घ्यू, तेल उत्पादन र व्यापार भने गत आवमा राम्रो देखिएको कार्यालयको तथ्यांक छ । उद्योग क्षेत्रको गत आवमा खरीददर १३ प्रतिशतले बढेको छ भने विक्रीदर १२ प्रतिशत मात्र बढेको देखिन्छ । अर्कोतर्फ बैंक तथा फाइनान्स, कृषि र व्यापार क्षेत्रमार्फत हुने कर संकलन भने गत आवमा बढेको पाइएको छ । बैंक तथा फाइनान्सबाट ३१ दशमलव ३०, कृषिक्षेत्रबाट २० दशमलव ३३ तथा व्यापार क्षेत्रबाट २ दशमलव ३३ प्रतिशतले कर संकलन बढेको छ ।