April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

विश्वका शक्तिशाली सय महिलाको सूचिमा नेपाली बोनिता

काठमाडौं , विश्वका शक्तिशाली एक सय महिलाको सूचिमा नेपाली चेली बोनिता शर्मा पर्न सफल भएकी छिन् । अन्तर्र्राट्रिय न्यूज संस्था बिबिसीले तयार पारेको रिपोर्ट अनुसार सन् २०१९ का शक्तिशाली महिलाको सूचिमा नेपालकी पोषण सुधार अभियन्ता २७ बर्षिय बोनिता शर्मा परेकी हुन् । समाजमा सकारात्मक प्रभाव पार्न सफल महिलामध्ये बिबिसीले ६ वटा विधामा शक्तिशाली महिलाको सूचि बनाएको हो । पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ विधामा बर्गीकरण गर्दै १०० जना महिलाको सूचि सार्वजनिक गरिएको हो । सूचिमा नेपालकी बोनिता ज्ञानको श्रेणीमा परेकी छन् ।सन् २०१६ देखि सक्रिय रुपमा काम गर्दै आएको संस्थाले गएको जेठ पहिलो हप्ता कम्पनी दर्ता गराएको थियो । बोनिता सहितको टोलीले ‘सोचाइ’ (सोसल चेन्जमेकर्स एन्ड इनोभटर्स )नामक गैरसरकारी संस्था स्थापना गरी विशेषतः नवीनतम सिर्जना, शिक्षा र सामाजिक उद्यमशीलतार्फत पोषण र स्वास्थ्य सुधारमा केन्द्रित भएर काम गरिरहेको छ ।
उनी र उनको संस्था ‘सोचाइ’ले ‘लिड २०३० च्यालेन्ज’ पुरस्कारसमेत यसै वर्ष हात पारेको थियो। दिगो विकास लक्ष्य नं २ को भोकमरी विधाअन्तर्गत १ सय देशका १२ सय प्रतिस्पर्धीलाई पछि पार्दै ‘सोचाइ’ले ५० हजार अमेरिकी डलर पुरस्कार जितेको थियो ।