तीन महिनामा तीन अर्ब क्षति

तीन महिनामा तीन अर्ब क्षति

अबिरल वर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण तीन महिनामा तीन अर्व भन्दा बढीको क्षती भएको छ । वैशाखदेखि साउनको १० गतेसम्म विभिन्नि किसिमका प्राकृतिक प्रकोपले २ अर्ब ७० करोड ३९ लाख रुपैयाँबराबरको क्षति पुगेको छ । प्राकृतिक विपत्ती पछि भएको क्षतीका कारण ३४ जिल्लाका २२ हजार ६७० घरधुरी प्रभावित भएका थिए, त्यसमध्ये १९ हजार ९७४ घर पूर्ण क्षति भएको र ४१ हजार ३४३ घरमा आंशिक क्षति पुगेको छ । त्यसले र्पुयाएको क्षतिसमेत जोड््दा ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको देखिएको छ । वैशाखदेखि साउन ८ गतेसम्म प्राकृतिक प्रकोपहरूमा परी २१४ जनाको मृत्यु भएको र ४० जना बेपत्ता भएका छन भने यसमध्ये बाढी पहिरोको कारणले ११३ जनाको मृत्यु भएको र ३८ जना बेपत्ता भएको गृहमन्त्रालले जनाइएको छ ।

बाढी, पहिरो र अविरल वर्षाले देशका ६७ जिल्लामा प्रभाव पारेको थियो । मृत्यु संख्याका आधारमा गुल्मी र रौतहट सबैभन्दा बढी प्रभावित भएका थिए भने आर्थिक क्षतिका आधारमा धादिङ प्रभावित बनाएको थियो । वैशाखदेखि साउन ८ गतेसम्म सबैभन्दा धेरै आगलागीबाट सबैभन्दा धेरै १ अर्ब ५४ करोड १८ लाख रुपैयाँको क्षति भएको छ भने त्यसपछि असार ५ गतेदेखि साउन १० गतेसम्मको बाढी, पहिरो, डुबान र अविरल वर्षाका कारण १ अर्ब ६ करोड ४४ लाख ८९ हजार रुपैयाँको आर्थिक क्षति भएको छ । यसमध्ये पनि बाढीले १ अर्ब २ करोड ८८ लाख ८६ हजार, पहिरोले २ करोड ७५ लाख ६३ हजार र अविरल वर्षाले ८० लाख ४० हजार रुपैयाँको क्षति गरेको छ ।

banijya @ news