May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

विमाको पुँजीवृद्धि योजना कठिन बन्दै

विमाको पुँजीवृद्धि योजना कठिन बन्दै
विमा कम्पनीको पूँजी बृद्धिको योजना कठिन बन्दै गएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब पुर्याउने लक्ष्य दिएको थियो भने जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउने दिएकोमा कठिन बन्दै गएको हो । लक्ष्य दिएका मध्ये धेरै कम्पनीले लक्ष्य भेटाउनै सकेका छैनन् । बीमा समितिले तोकेको न्युनतम चुक्ता पुँजी निकै थोरै मात्र कम्पनीले पुर्याउन सकेको अवस्था छ । यस मध्ये हाल नेपाली दोश्रो बजारमा ७ वटा लाईफ इन्स्योरेन्स कम्पनीका शेयर किनबेच हुने गरेका छन् । जसमा दुई वटा मात्र जीवन बीमा कम्पनीले २ अर्ब पुँजीको लक्ष्य हासिल गरेका छन् । २ अर्ब पुँजीको लक्ष्य हासिल गर्नेमा नेपाल लाईफ इन्स्योरेन्स र नेशनल लाईफ इन्स्योरेन्स छन् । नेपाल लाईफको पुँजी ४ अर्ब ३९ करोड छ भने नेशनल लाईफको पुँजी २ अर्ब ६२ करोड छ । विमा समितिको निणर्य अनुसार प्राईम लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७८ करोड छ । प्राईम लाईफ इन्स्योरेन्सको पुँजी १२ प्रतिशतले वृद्धि गर्नु पर्ने छ । प्राईमले बोनस शेयर बाटै चुक्ता पुँजी पुर्याउने देखिन्छ । त्यस्तै लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ५० प्रतिशतले आफ्नो पुँजी वृद्धि गर्नु पर्ने देखिन्छ । आर्थिक वर्ष ७३÷७४ को नाफा बाट १२ प्रतिशत बोनस प्रस्ताव गरेकोमा सो बोनस शेयर पश्चात कम्पनीको पुँजी १ अर्ब ४८ करोड पुग्नेछ । त्यसपछि पनि अझै कम्पनीले आफ्नो पुँजी ३४ प्रतिशतले वृद्धि गर्नुपर्ने छ । एसियन लाईफ इन्स्योरेन्सले आफ्नो पुँजी ५९ प्रतिशतले वृद्धि गर्न बाँकी छ । एसियन लाइफ ६० प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने प्रक्रियामा छ । ६० प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको २ अर्ब पुँजी पुग्ने छ । सूर्या लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १३ करोड रुपैया छ । कम्पनीले अझै आफ्नो पुँजी ७७ प्रतिशतले वृद्धि गर्नु पर्ने छ । सूर्या लाईफ इन्स्योरेन्सलाई ७० प्रतिशत हकप्रद शेयर दिने प्रक्रियामा छ । सो हकप्रद अनुसार कम्पनीको पुँजी १ अर्ब ९२ करोड पुग्ने छ । त्यसपछि पनि कम्पनीले करिव आफ्नो पुँजी ४ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ । जो आर्थिक वर्ष ७५र७५ को बोनस बाट प्रस्ताव हुने सम्भावना देखिन्छ । सबै भन्दा धेरै पुँजी पुर्याउन बाँकी गुराँस लाईफ इन्स्योरेन्सको छ । गुराँस लाईफले अझै २३७ प्रतिशतले आफ्नो पुँजी वृद्धि गर्नुपर्ने छ ।
जिबन जस्तै निर्जीवन बीमा कम्पनीको पनि पूँजी बृद्धि गर्नु पर्ने कम्पनी थुप्रै छन् । १५ वटा निर्जीवन बीमा कम्पनी मध्ये ४ वटा निर्जीवन बीमा कम्पनीले मात्र आफ्नो पुँजीको लक्ष्य हासिल गरेको अवस्था छ । धितोपत्र बोर्डले नेपाल इन्स्योरन्स कम्पनीलाई चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद बिक्री गर्न अनुमति दिएको छ । ६५ प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब पुग्ने छ । नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्सले १ अर्ब पुँजीको हासिल गरेको अवस्था छ । ८० प्रतिशत हकप्रद शेयर पश्चात आईएमई जनरल इन्स्योरेन्सको अहिलेको पुँजी ९७ करोड २० पुगेको छ । कम्पनीले अझै ३ प्रतिशत पुँजी वृद्धि गर्नु पर्ने छ । जुन बोनस शेयर बाट आउने सम्भावना देखिन्छ । एन एल जी इन्स्योरेन्स र प्रुडियन्सल इन्स्योरेन्सले अझै आफ्नो पुँजी ५६ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ । त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स र सिध्दार्थ इन्स्योरेन्सको पुँजी क्रमश १४ प्रतिशत र १६ प्रतिशतले वृद्धि हुन् बाँकी छ जुन बोनस शेयर बाट आउने सम्भावना देखिन्छ । प्रिमियर इस्न्योरेनस र सगरमाथा इन्स्योरेन्सले क्रमश ७१ प्रतिशत र ८६ प्रतिशत आफ्नो पुँजी वृद्धि गर्न बाँकी छन । प्रमियर इन्स्योरेन्सले गत वर्ष निस्काशन गरेको एफ पी ओको प्रिमियम बाट यो बोनस शेयर दिदै पुँजी पुर्याउने देखिन्छ भने सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष ७३र७४ मा कुनै लाभांस नदिएकोमा उसले यो वर्ष राम्रै बोनस शेयर दिएर पुँजी पुगाउने सम्भावना देखिन्छ । त्यस्तै युनाईटेड इन्स्योरेन्स र रास्ट्रीय बीमा कम्पनीले आफ्नो पुँजी क्रमश २३१ प्रतिशत र २७५ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ । युनाईटेड इन्स्योरेन्सको संचालक समितिको बैठकले २४० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव विशेष साधारणसभामा लैजादै छ। उक्त हकप्रद पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी पुग्ने छ । एभरेस्ट इन्स्योरेन्सले ३०० प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने तयारीमा छ । सो हकप्रद पछि कम्पनीको पुँजी १ अर्ब पुग्ने छ ।