May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

नेप्सेमा कम्पनीको वर्गीकरण

नेप्सेले सूचीकृत कम्पनीहरुको वर्गीकरण गर्दे सहुह सार्वजनिक गरेको छ । यसअघि सार्वजनिक गरिएको वर्गीकरणमा उल्लेखित कम्पनीहरुले आफू उक्त समूहमा पर्ने वा नपर्ने दाबीसहित पेश गरेका प्रमाणका आधारमा अद्यावधिक सहितको वर्गीकरण सूची पुनः सार्वजनिक गरिएको हो । वर्गिकरणमा दुई वाणिज्य बैंकहरु ग्लोबल आईएमई बैंक र इन्भरेष्टमेन्ट बैंक समूह ‘ए’ को समूहमा परेको सार्वजनिक गरेको हो । यता, समूह ‘बी’ मा कुनै पनि कम्पनी परेका छैनन् । बाँकी सबै कम्पनी समूह ‘जी’ र ‘जेड’ मा परेका छन् । समूह ‘ए’ चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुगेको, धितोपत्र सूचीकरण गराएको कम्तिमा ३ वर्ष पूरा भएको तथा विगत ३ वर्षमा कम्तिमा २ आर्थिक वर्षमा नाफा आर्जन गरेको हुनुपर्नेछ । यसैगरी, औसत भन्दा कम्तिमा १ तह मुनिको रेटिङ प्राप्त गरेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारण सभा सम्पन्न भएको अनि सञ्चित नोक्सान नभएको हुनुपर्ने प्रावधान छ ।