April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

अब सबै टिभि डिजिटल प्रविधिमा

अब सबै टिभि डिजिटल प्रविधिमा
दशकै देखि सञ्चालमा आएको टेलिभिजनमा केवल टेलिभिजनले दिने एनालग युगको अन्त्य भएको छ । सरकारले देशैभरबाट एनालग टिभिलाई विस्थापन गरे डिजिटल टिभि सुभारम्भको अन्तिम तयारी गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले सबै टेलिभिजन पूर्ण रूपमा डिजिटलमा जानुपर्ने बाध्यकारी व्यवस्थाको अन्तिम तयारी गरेको छ । परिमाण देशैभरबाट सञ्चालित सबै केवल अपरेटरले डिजिटल सेवा दिनुपर्ने छ । कुनै टिभिले आफैं डिजिडटल सेवा दिन नसके कुनै कम्पनीको सेवालाई आत्मसाथ गरेर जानुपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ । अब हरेक टेलिभिजनमा सेट टप बक्स अनिवार्य जडान हुनुपर्ने छ । एउटा सेटटप बक्स जोड्दैमा टिभि डिजिटल आउने छ भने ग्राहकले यस अघिको जस्तो पिक्सरमा हुने कुने पनि समस्या भोग्नु पर्ने छैन् । डिजिटल टेलिभिजनको विशेषता शुन्य वा शतप्रतिशत हो । टिभि नआए शुन्य र आउँदा पूर्ण गुणस्तरीय आउने गर्छ । यस अघि सरकारले गत वैशाखदेखि काठमाडौं उपत्यकाभित्रबाट एनालग टेलिभिजन सेवा बन्द गरेर डिजिटलमा प्रवेशको घोषणा गरेको थियो । अब भने देभरबाटै एनालग टिभि विस्थापित भएर डिजिटल टिभिको सुरुवात भएको छ । सरकारले गरेको घोषणा अनुसर कसैले एनालग सेवा दिइको पाइए त्यसका उपकरण जफत गरी कानुनी कारवाही गर्ने भएको छ । सार्वजनिक सूचनामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अहिले पनि एनालग टेलिभिजन सेवा सञ्चालनमा रहेको भेटिए जानकारी दिन आग्रह आग्रह पनि गरेको छ । मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार चरणवद्धरूपमा विभिन्न महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको थियो । पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गराइएको थियो । अब दोस्रो चरणमा अन्य महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा बन्द गराएको छ । कुनै पनि टिभि डिजिटलमा जान भने ग्राहकले हरेक टिभिका लागि पहिलोपटक कम्तिमा १५ सयदेखि ४५ सयसम्म रुपैयाँसम्म खर्च गर्नुपर्ने हुनछ । यसबाट सेट टप बक्स किन्ने र सोही अनुसारको जडान शुल्क पहिलोपटकका लागि तिर्नुपर्छ । यसका लागि बजारमा दर्जनौ टिभि च्यानल छन् । जुनसुकैबाट पनि सेवा लिन सकिन्छ । ग्राहकले आफूले रोजेको अनुसार डिजिटल सेवा लिन सक्छन् । सेट टप वक्स लगाएपछि ग्राहकले टिभि रिचार्ज गरेर चलाउन सक्छन । आफूलाई चाहिएको महिना रिचार्ज गर्ने नचाहिएको महिना नगर्ने गर्न पाउँछन । शुल्क पनि न्युनतम प्याकेजदेखि अधिकमतसम्मको तय गरेका हुन्छ । ग्राहकले मासिक ३ सयदेखि एक हजार रुपैयाँसम्मको प्याकेज खरिद गरेर टिभि हेर्न पाउँछन् । यस्तो प्याकेज र सुविधा टिभि अनुसार फरक फरक हुन्छ ।