May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

चालु खाता घाटामा

चालु खाता घाटामा
नेपाल राष्ट्र बैकंले चालु अर्थिक वर्षको १० महिनामा मुलुकको चालु खाता घाटा गार्हस्थ उत्पादनको करिब ७ प्रतिशत रहेको सार्वजनिक गरेको छ । यसको मतलब यो सुरक्षित सीमाभन्दा बढी हो ।
यदि गार्हस्थ उत्पादनको करिब ५ प्रतिशत भन्दा थोरै छ भने सामान्य मानिन्छ तर ७ प्रतिशत भनेको चालु खाता घाटा निर्देशित सीमाभन्दा माथि पुग्नु नराम्रो संकेत भएको बुझिन्छ । चालु खाता घाटा फराकिलो हुदै जानुको अर्थ मुलुक भित्रिनेभन्दा बाहिरिने रकम निरन्तर बढिरहेको भन्ने हो । अर्थतन्त्रको अनुसार भित्रिने विदेशी मुद्राभन्दा बाहिरिने विदेशी मुद्रा धेरै भएको अवस्थामा चालु खाता घाटामा हुन्छ ।
त्यसैगरि गत वैशाखसम्म यस्तो घाटा २ खर्ब २१ अर्ब रुपैया पुगेको भएर पछिल्लो दुई वर्षयता चालु खाता निरन्तर घाटामा गईरहेको छ । गत फाल्गुन देखि यस्तो घाटा ५ प्रतिशत नाघेको हो । राष्ट्र बैकंका अनुसार अहिलेको चालु खाता ५ प्रतिशत भन्दा माथि नाघेपनि आत्तिनुपर्ने अजस्था छैन भनेर पुष्ठी गरेको छ । अहिले रेमिटान्स पर्यटन लगायत विभिन्न माध्यमबाट विदेशी मुद्रा व्यवस्थापन भएकाले डरलाग्दो अवस्था नभएको राष्ट्रबैकं बाट जानकारी आएको छ । राष्ट्र बैकंका आनुसार गत बैशाखमा कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ६० अर्ब रुपैया छ र गत असारमा यो ११ खर्ब २ अर्ब रुपैया थियो । सोही अवधिमा अमेरिकी डलरमा यस्तो सञ्चित ९ अर्ब २४ करोड छ । २०७५ असारमा यो १० अर्ब ८ करोड थियो । मुलुकमा रहेको विदेशी मुद्राले अगामी आठ महिनासम्मका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैकंको दाबी छ ।
त्यस्तै चालु खाता घाटासँगै शोधनान्तर घाटा पनि निरन्तर रुपमा बढिरहेको छ । गत वैशाखमा शोधनान्तर ६८ अर्ब २० करोड रुपैयाले घाटामा छ । त्यसै गरि अघिल्लो वर्षका सोही अवधिमा यस्तो घाटा १८ अर्ब ९३ करोड थियो । शोधनान्तर पछिल्लो माघ सम्म सुध्रिने अवस्थामा थियो भने फागुन र चैतमा पुन उकालो लाग्न थालेको हो । यही क्रममा शोधानान्तर वैशाखसम्म घाटा सवा ६८ अर्ब रहेको राष्ट्र बैकंले जनाएको छ । राष्ट्र बैकंले बुधबार सार्वजनिक गरेको यो चालु आर्थिक वर्षको १० महिनाको आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तिय स्थितीमा यस्तो उल्लेख छ । गत वैशाखमा यस्तो अन्तर ५.४ प्रतिशत विन्दु छ । कर्जा र निक्षेपबिच सन्तुलन मिल्न नसक्दा समग्र वित्तीय प्रणालीमा असन्तुलन बढेको र यसले अर्थतन्त्रमा नाकारात्मक असर ल्याउने राष्ट्र बैकंले जनाएको छ ।
त्यसैगरी राष्ट्र बैकंले असन्तुलन बढ्दै जादा वित्तीय स्थायित्व जोखिममा पर्छ र यसकारण जथाभावी ऋण प्रवाहलाई नियन्त्रण गर्नुपर्छ भनिएको छ । अर्थतन्त्रमा ऋण को माग बढ्नु राम्रो भए पनि अत्यधिक ऋण प्रवाह गराएर वित्तीय असन्तुलन बढाउने र अर्थतन्त्रलाई दबाबमा राख्ने गरी बैंकिङ क्षेत्र सञ्चालन गर्न नहुने भनिएको छ । गत वर्षको १० महिनासम्म निक्षेप ११.१ प्रतिशतले बढेको थियो । सोही अवधिमा बैंकहरुको कर्जा प्रवाह १८.१ प्रतिशत थियो ।
करिब ५५ प्रतिशतभन्दा बढी ऋण ओभरड्राफ्ट घरजग्गा, हायर पर्चेज, मार्जिन लेन्डिङलगाएत क्षत्रमा गएको छ । यी क्षेत्रमा ऋण बढदै गएमा आगामी दिनमा उत्पादनमूलक, पूर्वाधार विकासलगाएत अत्यवश्यक क्षेत्रमा पनि ऋण बढ्दै गएमा आगामी दिनमा उत्पादनमूलक, पूर्वाधार विकासलगायत अत्यवश्यक क्षेत्रमा पनि ऋण प्रवाह नहुन सक्छ । उच्च आर्थिक बृद्धिदर, बैकिङ पहुँच विस्तार र कर्जाको साँवाब्याज भुक्तानीका लागि गरी तीन कारणले बजारमा ऋणको माग बढेको छ ।