June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

क्रस होल्डिङ्ग विवरण फेरि माग्दै राष्ट्र बैंक

क्रस होल्डिङ्ग विवरण फेरि माग्दै राष्ट्र बैंक

फोर्स मर्जर गराउने उद्देश्यले नेपाल राष्ट्र बैंकले साउन पन्ध्रमा बैकहरुलाई क्रस होल्डिङको विवरण पठाउने परिपत्र ग¥यो । सोही अनुसार बैकहरुले विवरण पठाए । बैंकहरूले बुझाएको क्रस होल्डिङ बिवरणमा चित्त नबुझाएपछि राष्ट्रबैकले फेरि बैंकहरूलाई अर्को पत्र पठाउने भएको छ । राष्ट्र बैंकले गत साउन १५ गते एकै व्यक्ति वा समूहको लगानी भएका बैंकहरूको क्रस होल्डिङको बिवरण एक साताभित्र पठाउन बैंकहरूलाई निर्देशन दिएको थियो । व्यक्तिगत रूपमा रहेको क्रस होल्डिङका विवरण बैकहरुले पठाएपनि लगानी कम्पनी मार्फत गरिएको लगानीको विवरण नपठाउँदा पुन पठाउन निर्देशन दिएको हो । बैंकहरूले बुझाएको बिवरणमा एक व्यक्तिको लगानी २ देखि ५ वटा बैंकमा रहेको पाइएको छ । राष्ट्रबैंकले क्रस होल्डिङको विवरण मागेपनि कति क्रस होल्डिङ भए मर्जर अनिवार्य हुने भन्ने बिषयमा केही जनाएको छैन । फोर्स मर्जरमा जानको लागि मागेको विवरण मध्येको एक लगानी कम्पनी मार्फत गरिएको लगानीको विवरण नआउँदा फेरी परिवत्र गरेको हो । यसैविच राष्ट्र बैंकले जनताको निक्षेप सुरक्षित गर्न र विभिन्न कोणबाट आएका प्रश्नलाई सम्बोधन गर्ने क्रममा ऐनको परिधिभित्र रहेर बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र कार्यकारी प्रमुखको उमेरहद सम्बन्धी विषय अघि सारिएको बताउँनु भएकोछ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिमा नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले ९२ प्रतिशत निक्षेप कर्ताको भावनालाई सम्बोधन गर्न बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको योग्यता र सेवा अवधिकाबारे निर्णय लिएको गर्भनर नेपालले बताउँनु भएको छ । राष्ट्रबैंकलाई बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको शैक्षिक योग्यता लगायत आधार तोक्ने, नियमन र सुपरिवेक्षण अधिकार रहेको राष्ट्र बैकको रहेको र निजामती, स्वास्थ्य, न्याय, संवैधानिक आयोगको पदाधिकारीको सेवाअवधि र उमेरका आधारमा निकैलामो छलफलपछि मात्र बैंकको अध्यक्षको ७० र प्रमुख कार्यकारी अधिकृतको ६५ कायम गर्ने निर्णय गरेको बताउँनु भएको छ । मुलुकको बैंकमा अहिले रु ३२ खर्ब ३५ अर्ब जनताको निक्षेप रहेको जानकारी दिँदै उहाँले त्यसमध्ये केवल ८।६ प्रतिशत मात्र शेर बंैक सञ्चालक सदस्यको रहेको छ । सञ्चालक समितिका पदाधिकारी निकै वृद्ध र कार्यकारी अधिकृतको बढी कार्यकाल हुँदा आउनसक्ने जोखिम र अपचलनको पाटोलाई हेक्का राखेर परिचयपत्र गर्ने कार्यअघि बढाइएको हो । धितोपत्र कारोवार सञ्चालन गर्न राष्ट्र बैँकसँग १९ वटा बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनी सञ्चालन गर्न स्वीकृति लिइसकेको छ ।