April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

यौन दुराचारको आरोप पछि सभामुख महराले दिए राजीनामा

यौन दुराचारको आरोप पछि सभामुख महराले दिए राजीनामा

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजिनामा दिएका छन् । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलत्कारको आरोप लागेपछि महराले सभामुख पदबाट राजिनामा दिएका हुन् । उनले प्रतिनिधिसभाको उपसभामुखलाई पत्र पठाउदै आफ्नो चरित्रको विषयमा संचारमाध्यमबाट आरोप लगाइएको हुँदा यसको निष्पक्ष छानबिनको लागि पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् । उनले छानबिन प्रक्रिया नसकिदासम्मको लागि पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले जबर्जस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन दिएको छ । सचिवालय बैठकले नैतिकताका आधारमा महरालाई राजीनामा दिन निर्देशन दिएको हो । सचिवालयले सांसद सचिवालयबाट समेत राजीनामा दिन निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन् । आइतवार साँझ ती महिला कर्मचारी करुणा (नाम परिवर्तन)ले सभामुख महरालाई तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी हुन् । महराले मरिदा सेवन गरेर जवर्जस्ती गरेको करणी गरेको आरोप लागाएकी छन् । उनको आरोप पृष्टी भने भएको छैन् ।