June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

प्राइममा कैलाश बैंक गाभिदै दियो राष्ट्र बैंकको सैद्दान्तिक स्वीकृति

प्राइममा कैलाश बैंक गाभिदै दियो राष्ट्र बैंकको सैद्दान्तिक स्वीकृति

पछिल्लो समय बैक तथा वित्तीय सस्था गाभिन क्रम बढेर गएको छ । यसै क्रममा अव प्राइम कर्मशियल बैंकले कैलाश विकास बैंंकलाई गाभ्नको लागि राष्ट्र बैंकबाट सैद्दान्तिक स्वीकृति लिएको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकले प्राइम बैंकलाई कैलाश विकास बैंक गाभ्नको लागि सैद्दान्तिक स्विकृति लिएको हो । प्राइमले केही दिन अगाडि कन्काई विकास बैंकलाई गाभेको थियो । गाभिने प्रकृया सँगै प्राइमको ११३ शाखा र कैलाशको ९५ वटा शाखा पनि मर्ज हुनेछन् ।