April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

महरा काण्डले बढायो रक्सीको विक्री

महरा काण्डले बढायो रक्सीको विक्री

सभामुख कृष्णबहादुर महरालाई आरोप काण्ड  देशकै सबै भन्दा चर्चित विषयमा इन्कित भएको छ । महराकेश जति चर्तित भयो त्यो सँगै महराले सेवन गरेको नेपाली ब्राण्डको रक्सीको पनि चर्चा चुलिएको छ । महराले पिएको भनिएको उक्त रक्सी नेपाली उत्पादन थियो । यस समाचारसँगै उक्त रक्सीको पनि चर्चा चुलियो । रक्सीसँग जोडेर महराका विषयमा विभिन्न ट्रोल पनि भए भने रक्सीको चर्चा र बिक्री पनि बढ्यो । महराको पद उडाएको यो रक्सी यार्चागुम्बाको सम्मिश्रणबाट बनाइको हो । उनले पिएको भनिएको ७ सय ५० एमएलको यो रक्सीको मूल्य २८ सय रुपैयाँ पर्छ । हिमालयन रिजर्भमा यूपीको मात्रा २५ हुन्छ । अलकोहलको यो मात्रा वल्र्ड फेमस रेड लेबल, ब्लु लेबल, ज्याक डेनियल (जेडी) भन्दा बढी हो । रक्सीमा यूपीको मात्रा जति धेरै भयो, त्यति अल्कोहलको मात्रा कम हुँदै जान्छ भने यूपीको मात्रा जति कम हुन्छ, त्यति नै अलकोहलको मात्रा बढ्दै जान्छ ।