फ्लेक्स च्यात्नेको अनुसन्धान गर्दा प्रहरी नै छक्क
चिनियाँ राष्ट्रपति सी चिन फिङको स्वागतका लागि भइरहेको तयारीलाई बिथोल्ने गतिविधी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई नियन्त्रणमा लिएसँगै उनीहरुे किन सो कार्य गरे भनेर चर्चा हुन थालेको छ । बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातेको आरोपमा प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखेको छ । पक्राउ परेका दुई जनामाथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको समय ठाकुर माथि अनुसन्धानको औंला तेर्सिएको छ । शनिबार नेपाल आउन लागेका राष्ट्रपति सिको स्वागतको तयारी गरेको समय सुरक्षा व्यवस्थालाई नै चुनौती दिदै फ्लेक्स नै च्यातेपछि ठाकुर अनुसन्धानको घेरामा तानिएका हुन् । उनी कहिबाट परिचालित त होइनन भन्ने खोजी प्रहरीले गरिरहेको अनुसन्धान सम्बद्ध स्रोतले खुलासा गरेको छ । लागु पदार्थ सेवन गरेर फ्लेक्स च्यातेको भने पनि सो नभएपछि प्रहरीको अनुसन्धान बाह्र शाक्ति तीर सोझिएको हो ।
प्रतिकृया दिनुहोस्