April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

अस्ट्रेलिया सँग पाँच गोलको फराकिलो अन्तर हा¥यो नेपालले

अस्ट्रेलिया सँग पाँच गोलको फराकिलो अन्तर हा¥यो नेपालले

नेपाली टिमले विश्वकप २०२२ छनोटमा बिहीबार एसियाली महारथी अस्ट्रेलियाविरुद्ध क्यानबेरामा ५–० को हार बेहोरेको छ । जेमी म्याक्लारेनको ह्याट्रिक तथा पहिलोपल्ट अन्र्तराष्ट्रिय खेलमा मैदानमा ओर्लिएका ह्यारी साउटरको दुई गोलसँगै नेपाल ५ गोलको फराकिलो अन्तरले हारेको हो ।
जीआईओ रंगशालामा सुरुबाटै आक्रामक देखिएको घरेलु टिम अस्ट्रेलियालाई म्याक्लारेनले छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाए । उनले किरण चेम्जोङले नियन्त्रण गर्न नसकेको र नेपाली डिफेन्सले सतर्क नरहेको अवस्थामा बललाई पोष्टको दिशा दिएका थिए । मेलबर्न सिटी एफसीका यी फरवार्डले १९ औं मिनेटमा दोस्रो गोल गरे । उनले रायन ग्रान्टले उपलब्ध गराएको बललाई हेडद्वारा पोष्टको दिशा दिए । उनले ९० औं मिनेटमा ह्याट्रिक पूरा गरे ।
नेपाली टिमले बल्ल ४१ औं मिनेटमा आएर बललाई गोलकिपरसम्म पु¥यायो । नेपालका सबै खेलाडी डिफेन्समै व्यस्त देखिए । ५५ मिनेट मोयको क्रसमा गुडविनको हेडरमा गोलकिपर किरणले राम्रो बचाउ गरेका थिए ।
एसियन कप २०२३ छनोटको रुपमा पनि रहेको यस विश्वकप छनोटको ३ खेलमा नेपालले दोस्रो हार बेहोरेको हो । पहिलो खेलमा कुवेतविरुद्ध ७–० को अनपेक्षित हार बेहारेको नेपालले त्यसको ५ दिनपछि ताइवानमा भने २–० को जित निकालेको थियो ।