सिन्धुपाल्चोकमा बस दुर्घटना, ५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

२४ असोज, काठमाडौं । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना हुँदा चार पुरुष र १ महिला गरी पाँच जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा ४० बढी घाइते भएका छन् । दशैं मनाएर काठमाडौं फर्कंदै गरेका ४० भन्दा बढी यात्रु घाइते भएका छन् । दुर्घटनाका घाइतेलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याउने काम भइरहेको छ । दुर्घटनाग्रस्त बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ । नेपाल प्रहरीका अनुसार हाल सम्म मुत्यु हुने कसैको पनि सनाखत भएको छैन ।