April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

चीनसंग माग्नु पहिले चीनले दिएका ट्रलिबस भृकुटी कागज जस्ता परियोजना कहाँ हराए सरकार खोज्ने हो की ?

चीनसंग माग्नु पहिले चीनले दिएका ट्रलिबस भृकुटी कागज जस्ता परियोजना कहाँ हराए सरकार खोज्ने हो की ?

चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने नेपाल भ्रमणका क्रममा हिजो शनिबार नेपाल आएर आज फर्कर्देछन । राष्ट्रपति सीको भ्रमणको क्रममा बिभिन्न सन्धि सम्झौताहरु समेत भएका छन् । सरकारले विभिन्न १२ आयोजनाहरु अगाडी सारेको छ । ति आयोजनामा चिनियाँ सहयोग हुने अपेक्षा पनि सरकारको छ । नेपालले सहयोग लिने र त्यसलाई व्यवस्थापन गर्न नसक्ने समस्या यथावत रहे सहयोग माग्नुको अर्थ नहुने र ति परियोजना आज कुन हालतमा पुर्यायौ त्यसको गम्भीर विश्लेषण गर्दै भविष्यमा त्यस्तो दोहोर्याउन नहुने प्रतिवद्धता सरकारले गर्नुपने देखिन्छ ।
तर यस्ता सम्झौता हुने कार्यान्यवन नहुने वा तदारुकताका साथ अगाडी नबढाउने समस्या पनि हाम्रो यथावत नै छ । यतिमात्र हैन चीनले बिगतमा गरेका यस्तै सहयोगबाट बनेका आयोजनाको गति आज कुन अवस्थामा छ भनेर खोज्नुपर्ने अवस्था सिर्जना भएका छन् । चीनले दिएको ट्रलिबस आज इतिहासमा सिमित बन्न पुग्यो हरिसिद्धि इट्टा, भृकुटी कागज कारखाना, हेटौडा सिमेन्ट बासबारी छाला जुत्ता जस्ता चिनिया सहयोगका परियोजना कामै नलाग्ने अवस्थामा पुगेका छन् । यस्को लोखाजोखा भने नगर्ने खाली हाल मात्र थाप्ने प्रबृद्धिले नेपालको विकास माथि नपुगको देखिन्छ ।