May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठक शुरु

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठक शुरु

२७ असोज, काठमाडौं । अन्तरदेशीय प्रसारणलाइन र इनर्जी बैकिङ मुख्य एजेण्डा सहितको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठक शुरु भएको छ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि सुरु भएको हो । यस अगाडि यो बैंठक माघ ९ र १० मा पोखरामा सम्पन्न भएको थियो ।
बैठकको मुख्य प्राथमिकतामा उर्जा र ब्यापार रहेको छ । बैठकलाई नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतको तर्फबाट त्यहाँका ऊर्जा सचिव एससी गर्गले नेतृत्व गर्नेछन् ।
बैठकमा भारतसँग विभिन्न ऊर्जासम्बद्ध एजेन्डामा छलफल र सहमतिको प्रयास हुनेछ । न्यू बुटवल–न्यू गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनको निर्माणको मोडालिटी यही बैठकमा टुंग्याउने प्रयत्नमा दुबै देश छन् । यो प्रसारणलाइन निर्माण गर्न दुबै देश सहमत भए पनि कसले कुन मोडलमा लगानी गर्ने भन्ने टुंगिएको छैन । यो विषय नटुंगाएसम्म अमेरिकी सहयोगको मिलिनियम च्यालेन्ज अन्तरगतको ४ सय केभी लाइनको काम अघि बढ्न नसक्ने भएकाले नेपालले यो बैठकमा सहमतिका लागि नोपलले पेश गर्ने छ ।
नेपालले सुरुआतमा यो आयोजना पूर्णरुपमा जीटूजी मोडलमा अनुदानमा बनाइदिन भारतलाई आग्रह गरेको थियो । भारतले अस्वीकार गरेपछि अधिकतम ७ वर्षसम्म इनर्जी बुक गर्न नेपालले प्रस्ताव गरेको छ । इनर्जी बुक गरेको ७ वर्षमा पनि भारततर्फ विद्युत लैजाँदा सम्बन्धित विद्युत निर्यातकर्ताबाट प्रसारण शुुल्क असुल गर्न सक्ने प्रस्ताव नेपालले गरेको हो