May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

एनआरएनएले १० अर्बको म्युचलफण्ड स्थापना गर्ने

एनआरएनएले १० अर्बको म्युचलफण्ड स्थापना गर्ने

२८ आसोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेपछि शुरु भएको गैरआवासिय नेपाली संघ (एनआरएनए)को नवौं सम्मेलन कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्टले संस्थाले गरेको प्रगति विवरण सार्वजनिक गरेका छन् । प्रगति सार्वजनिक गर्देै आफ्नो कार्यकालमा १० अर्बको कोष स्थापना गर्ने निर्णय भएको बताएका छन् । भट्टले लाप्राक योजना पुरा भएको, बौद्धिक सम्मेलनबाट निकालिएको निष्कर्ष अनुसार पोलिसी ईष्टिच्युट स्थापना गरिएको बताउँदै भ्रमण वर्ष सफल पार्ने भुमिका निर्वाह गरिरहेको बताएका छन् ।
संसारभर छरिएका नेपालीलाई एकताबद्ध गर्दै ८१ देशमा आफ्नो सञ्जाल विस्तार भएको गैरआवासिय नेपाली संघको नवौं विश्व सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल विषयमा सम्मेलन केन्द्रित रहने छ । सम्मेलनसँगै नयाँ नेतृत्व छान्न भोलीबाट निर्वाचन प्रक्रिया पनि शुरु हुनेछ । मुलत संसारभर रहेका नेपालीलाई एकताबद्ध गर्दै मातृभुमिको समृद्धिका लागि स्थापित यस संस्था नेपाल सरकारको महत्वपुर्ण अंगको रुपमा स्थापित भईसकेकोे छ । सन् २००३ मा स्थापित सस्था संसारभर ८१ देशमा सञ्जाल विस्तार भएको छ ।