May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

अर्थमन्त्री अमेरिका प्रस्थान

अर्थमन्त्री अमेरिका प्रस्थान

काठमाडौं, २८ असोज । अर्थमन्त्री डा. युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन मंगलबार अमेरिका प्रस्थान गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत दक्षिणपूर्व एशियाली मतदान समूहको नेपाल सदस्य हो ।
सो समूहद्वारा आयोजना हुने संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडा सहभागी हुने कार्यक्रम छ । उनले विश्व बैंक मुद्रा कोषका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय छलफल गर्ने छन् ।
संघीयता कार्यान्वयनको क्रममा नेपालले हासिल गरेका अनुभवको आदान प्रदान गर्ने कार्यक्रममा अर्थमन्त्री डा. खतिवडा सहभागी हुनेछन् । विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थासँग नेपालको सहकार्य ५० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा समेत उनले भाग लिने छन् । नेपाललाई सहयोग गरिरहेका अन्य दातृ मुलुक तथा संस्थाका उच्च पदाधिकारीहरुसँग पनि उनले द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।