June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

अमेरीकाको स्याउ नेपाली बजारमा

अमेरीकाको स्याउ नेपाली बजारमा

असोज ३० काठमाण्डौं । नेपालको जुम्ला मुस्ताङका स्याउ नविकेर हैरान भएको समय नेपाली बजारमा अमेरिका देखिको स्याउ आउने गरेको छ । हिमाली जिल्लामा फलेको अग्र्यानिक स्याउले बजार पहुँच पाएको छैन । शहरका फलफुल पसलहरुमा त्यस्ता स्याउको खोजी गर्दा पाउन मुस्किल छ । तर बारीमै उनीहरुको स्याउ कुहिने स्थिति छ थोरै मात्रामा शहर निर्यात हुनु बाहेक । यस्तो अवस्थामा भारतीय स्याउले त नेपाली बजार ढाकेको थियो ने यतिखेर भारतीय स्याउ जस्तै अमेरिकन स्याउ पनि आउने थालेको छ । यतिखेर नेपाली बजारमा भारतीय चीनियाँ स्याउ सँगै अमेरिकन स्याउ पनि देखिन थालेको हो ।
तर नेपाली बजारमा साईकलमा डुलाएर बिक्री हुने देखि पसलहरु सम्म विदेशी भारत, चीन र अमेरीका सम्मको स्याउ छ्याप छ्याप्ती भेटिन्छ । चालु आर्थिक बर्षको पहिलो दुई महिनामा मात्रै एक अर्ब ९ करोड ८२ लाखको बढीको विदेशी स्याउ आयात भएको भन्सार विभागको तथ्याकं छ । भारतबाट मात्रै २ महिनामा ८१ करोड भन्दा बढीको स्याउ भित्रिएको छ । स्वदेशी स्याउको गुणस्तर निकै राम्रो भए पनि यसको बजारीकरण र जनचेतना जगाउन नसक्दा समस्या भएको छ ।
स्वदेशमै उत्पादन गर्न सकिने स्याउदेखि खुर्सानी सम्म पनि उत्पादन र बजारीकरण गर्न नसक्दा नेपालको ब्यापार घाटा निरन्तर समस्या बन्दै जादा सरकारले उपयुक्त , दीर्घकालीक र प्रभावकारी कदम चाल्न सकेको देखिदैन ।