April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

बलात्कार प्रकरणमा मुछिएका महराले सरकारी वकिलको कार्यालयमा दिए यस्तो बयान

बलात्कार प्रकरणमा मुछिएका महराले सरकारी वकिलको कार्यालयमा दिए यस्तो बयान

कार्तिक ०३, काठमाडौं । आफ्नै सहकर्मी बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा आज उपस्थित गराइएको छ । आइतबार मध्याह्न महरालाई प्रहरीको भ्यानमा राखेर जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याइएको हो ।
सरकारी वकिलको कार्यालय स्रोतका अनुसार महराले आफु घटना घटेको दिन पिडीत भनिएकी रोशनीको घरमा गएको स्वीकारेका छन् । तर बाहिर मिडियामा आय जस्तो आफ्mुले बलात्कार प्रयास भने नगरेको वयान दिएका छन् ।
महराले आफूलाई जवजस्ती बलात्कार गरेको आरोप लगाएकी शाहीले यो बीचमा पटक पटक आफ्ना भनाइहरु बदल्दै आइरहेकी छिन् । यद्यपी महरा रोशनीको निवास पुगेको पुष्टि भएसँगै महरालाई कारबाहीको दायरामा ल्याउन मानवअधिकार आयोगदेखि सबै कोणबाट दबाब परेको थियो ।
महरा गत असोज १९ गते पक्राउ परेका थिए । महराले असोज १३ गते सभामुख पदबाट राजीनामा दिएका थिए । यदी, यौन दुर्वबहारको आरोप प्रमाणित भएमा महरालाई साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुनसक्ने छ ।