नविकरण शुल्क नबुझाएपछि ८१ कम्पनीको सेयर कारोबार रोक्का

नविकरण शुल्क नबुझाएपछि ८१ कम्पनीको सेयर कारोबार रोक्का

कार्तिक ३, काठमाडौं । नेपाल स्टक एक्सचेन्जले धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएको भन्दै बैंकसहित ८१ कम्पनीको सेयर कारोबार रोकेको छ । आजदेखि नै ती कम्पनीको सेयर काराबोर रोक्का भएको हो ।
धितोपत्र सुचिकरण नियमावली २०७५ अनुसार आर्थिक वर्ष समाप्त भएको तीन नविकरण शुल्क नबुझाएमा कारोवार रोक्का गर्न सक्ने प्रावधान छ । यसरी शुल्क नबुझाएका कम्पनीको कारोवार रोक्का गरेको हो ।
कारोबार रोक्का भएका कम्पनीहरुमा १८ वटा विकास बैंक, १९ वटा लघुवित्त कम्पनी, ३ वटा व्यापार कम्पनी, सोल्टी र याक एन्ड यति गरी २ वटा होटल, अन्य समूहका २ वटा कम्पनी र ११ वटा लघुवित्त कम्पनी छन् । यस्तै उत्पादन समूहका ११ वटा, जलविद्युत समुहका १३ वटा, बिमा समूहका २ वटा कम्पनी छन् ।