May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

बौद्वबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ

बौद्वबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ

कार्तिक ०४, २०७६ । प्रहरीले नक्कली रुपैयाँ छाप्ने तीन जनालाई बौÞद्व, नयाँवस्तीबाट नियन्त्रणमा लिएको छ । विशेष सुराकीको आधारमा महानगरीय प्रहरी वृत बौद्धको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिकाका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपाली रहेका छन् । प्रहरीको प्रारम्भिक बयानमा उनीहरुले अहिलेसम्म ६० हजार रुपैयाँ बराबरको नक्कली नोट बजारमा र्पुयाइसकेको बताएका छन ्। उनिहरुका बारेमा थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो सगैँ प्रहरीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।