June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

प्रधानमन्त्री ओलीद्वारा सुरूङमार्गको शिलान्यास

प्रधानमन्त्री ओलीद्वारा सुरूङमार्गको शिलान्यास

काठमाण्डौ ,प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा, सिस्नेखोला सुरूङमार्गको आज शिलान्यास गरेका छन । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा भएको एक कार्यक्रमबिच ओलीले उत्त सुरुङमार्गको शिलान्यास गरेका हुन् ।
जापान सरकारको सहुलियत ऋणमा बन्न लागेको सो सुरूङमार्गको लम्बाइ २.६८ किलोमिटर हुने र उत्त सुरूङमार्ग धादिङको सिस्नेखोलाबाट सुरू भई टोटीटोलमा आइपुग्नेछ ।
४२ महिनाभित्र आयोजना सम्पन्न हुने गरी जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपालको ६ अर्ब रुपैयाँ लगानीमा सुरूङमार्ग बन्न लागेको हा े।