May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

पक्राउ परेका दुर्गेशले तिहारको गित यूट्यूववाट हटाए

पक्राउ परेका दुर्गेशले तिहारको गित यूट्यूववाट हटाए

काठमाण्डौ । ’ह्याप्पी तिहार, चिसो बीयर’ बोलको गीतका कारण विवादमा तानिएका दुर्गेश थापा पक्राउ अन्तत पक्राउ परेका छन् । उनको यो गितले सांस्कृतिको उललंघन गरेको र मानिसलाई गाँजा, वियर लगायत खान प्रोत्साहन गरेको भन्दै उनि विरुद्व प्रहरीमा निवेदन परेको थियो ।
पक्राउ परेसँगै थापाले प्रहरीको अनुरोधमा यूट्यूवबाट उत्तः गित हटाएका छन् ।
थापाको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा आजै महाशाखाले गोंगबुबाट थापालाई पक्राउ गरेको छ । थापा अहिले पनि महाशाखामा नै छन् । थापाको गीतले देउसीलाई विकृत तरिकाले प्रस्तुत गरेको र संस्कृति विगारेको आरोप लागेको छ । साथै गीतमा वीयरको प्रचार पनि गरिएको छ । यूट्यूवमा राम्रो भ्यूज बटुले पनि अत्यधिक आलोचना भएको थियो । आलोचनाका कारण थापाले कमेन्ट बक्स नै खाली गरिदिएका थिए । थापाको च्यानलबाट गीत हटे पनि अन्य व्यक्तिहरुले कपि गरेर यूट्यूबमा राखेका छन् ।