कति छ नेपालसित सुन चाँदी

कति छ नेपालसित सुन चाँदी

बुधवार ०६, कार्तिक काठमाडौं ।
सबैदेशका केन्द्रीय बैकले सुनचाँदीको भण्डार गर्ने गरेका छन् । नेपालले पनि सुन चाँदीको संकलन गर्दे आएको छ । अव आम पाठकलाई कैतुहलता बढ्न सक्छ, नेपालमा भने सुन चाँदीको संकलन कति छ ? नेपालको केन्द्रीय बैंकका रूपमा रहेको नेपाल राष्ट्र बैंकको सुनको भण्डारण अर्थात गोल्ड रिजर्भ खासै राम्रो भने छैन् ।
नेपाल राष्ट्र बैंकको ‘गोल्ड रिजर्भ’मा जम्मा १ हजार ९५३ किलो ६६ ग्राम सुन रहेको राष्ट्र बैंकको छ । यसैगरी १ लाख २२ हजार ४६६ किलो ७२२ ग्राम चाँदीको रिजर्भ छ । मूल्यमा आंकलन गर्दा २०७५ असार मसान्तमा सरकारसँग रिजर्भमा ९ अर्ब ५१ करोड ४३ लाख रुपैयाँ बराबरको सुन, २८ अर्ब ७ करोड ८५ लाख मूल्यबराबरको पेपर गोल्ड र ७ अर्ब ८७ करोड ८६ लाख मूल्यबराबरको चाँदी छ । मा भएको लगानी अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को ‘स्पेसल ड्रइङ राइट्स (एसडीआर) हो । ऋण लिनु पर्दा नेपालले यही पेपर गोल्डलाई आधार मान्ने गरेको छ । यसलाई आईएमएफले सुनसरहको मूल्य मन्यता दिने गरेको छ । जुन नेपालसित ५ हजार ८ सय ६३ किलो ५ ग्राम छ ।


राष्ट्र बैंकमा सुनको सञ्चिति बढ्दा चाँदीको भने घटेको छ । २०७४ असारको तुलनामा २०७५ मा टक्सार विभागमा रहेको सुनको सञ्चिति बढेको छ भने चाँदीको सञ्चिति घटेको छ । २०७४ असार मसान्तमा टक्सार विभागमा ६६२ किलो ४ ग्राम सुन र ३ हजार ७२४ किलो २६ ग्राम चाँदी रहेकोमा ०७५ असार मसान्तमा सुनको अनुपात बढेर ७८१ किलो ३१ ग्राम पुगेको छ भने चाँदी घटेर ३ हजार ६१४ किलोमा झरेको छ ।
प्रहरीले बेलाबेलामा बरामद गर्ने अवैध सुन पनि सरकारले राष्ट्र बैंकमै दाखिला गर्छ, जुन टक्सार विभागमातहतमा प्रयोगमा ल्याइन्छ । विभिन्न च्यानलबाट जम्मा भएको सुन चाँदी विभिन्न सिक्का र पदक बनाउन समेत प्रयोग गर्ने चलन छ ।