April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

अर्थमन्त्री खतिवडाको अमेरिका भ्रमण के लिएर फर्किए

अर्थमन्त्री खतिवडाको अमेरिका भ्रमण के लिएर फर्किए

बुधवार ०६, कार्तिक २०७६ काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा अमेरिकाको वासिङटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको बोर्ड्स अफ गभर्नरको वार्षिक बैठकमा सहभागी भई स्वदेश फर्किएका छन् । खतिवडा स्वदेश फर्किएपछि उनले अमेरिकामा के कस्तो सफलता हासिल गरे त्यो सबैको चासोको बिषय भएको छ ।
विश्व बैंक–मुद्रा कोष बैठकको अवसरमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीको १४ औं अनौपचारिक बैठकको अध्यक्षता गर्दै अर्थमन्त्री डा खतिवडाले सार्कको भावी आर्थिक एकीकरणको कार्यदिशा व्यापार सहजीकरण नै भएको स्पष्ट पारेका थिए । यस्का लागि उनले अन्र्तदेशिय सडक, रेललगायत हवाई सञ्जालको पर्याप्त विकास हुनुपर्नेमा सभामा जोड दिएका थिए ।
विश्व बैंक र मुद्रा कोषको सदस्य रहेको दक्षिण–पूर्वी एसियाली मुलुकहरुको संयूक्त बैठकमा भाग लिई त्यस क्षेत्रको आर्थिक विकासमा देखिएको शिथिलता, बढ्दो ऋण पछिको पारदर्शिता तथा डिजिटल अर्थतन्त्रले ल्याउन सक्ने नियामक चुनौती जस्ता विषयको छलफलमा भाग लिएर नेपाल आएका हुन् ।

बैठकमा विश्व व्यापार तथा लगानीमा देखिएको घट्दो क्रम, खास गरी व्यापारमा संरक्षणवाद तथा भू–राजनीतिक तनावहरु, ब्रेक्जिट, कमजोर बजार संवेदनशिलता र जलवायु परिवर्तन जस्ता कारणबाट भएको विषम अवस्थाका बारेमा छलफल गरेका थिए ।