May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

राष्ट्रिय वाणिज्य बैंकका तिनवटै टे«ड युनियनले दिए संयुक्त शुभकामना

राष्ट्रिय वाणिज्य बैंकका तिनवटै टे«ड युनियनले दिए संयुक्त शुभकामना

विहिवार ०७ कार्तिक २०७६ काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड भित्र क्रियाशिल रहेका तीनवटा ट्रेड युनियनहरुको संयुक्त आयोजनामा २०७६ सालको वडा दशैं, तिहार, नेपाल सम्वत् ११४०, चासोक तङ्गनाम, ल्होसार, छठपर्व लगायत अन्य समस्त नेपाली चाडपर्वहरुका उपलक्ष्यमा शुभकामना तथा चियापान कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यक्रमको तीनवटै ट्रेड युनियनका अध्यक्ष क्रमशः राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुेवेदी, नेपाल वित्तीय संस्था कर्मचारी संघ रा.वा. बैंक लि.का अध्यक्ष गगनसिंह घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी संगठन रा.वा. बैंक लि.का अध्यक्ष दिपेन्द्र कार्कीले संयुक्त रुपमा अध्यक्षता गर्नुभएको थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रुमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृत, विभागीय प्रमुखहरु, विभागीय उप प्रमुखहरु, शाखा प्रबन्धकहरु, तीनवटै युनियका पदाधिकारीहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन रा.वा. बैंकका महासचिव उभार पाण्डेले स्वागत मन्तब्य दिनुभएको थियो । कार्यक्रमको संचालन नेपाल वित्तीय संस्था कर्मचारी संघ रा.वा. बैंकका महासचिव मिलनबाबु नेपाल र राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका सचिव ईश्वर उप्रेतीले संयुक्त रुपमा गर्नुभएको थियो ।