May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

आलमलाई अझै आठ दिन थुनामा राख्न अदालतको आदेश

आलमलाई अझै आठ दिन थुनामा राख्न अदालतको आदेश

कार्तिक ८, २०७६

राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का सांसद् तथा पूर्व मन्त्री मोहम्मद अफ्mताब आलम थप ८ दिन थुनामै रहने भएका छन ्।
यसअघि असोज २८ मा अदालतले एक साता म्याद थप गरेको थियो । थपिएको म्यादमा पनि अनुसन्धान नसकिएको भन्दै प्रहरीले समय मागेपछि जिल्ला अदालत, रौतहटले ८ दिन थप गरेको हो । भोलिदेखि तिहार बिदा पर्ने भएकाले १४ गते अदालत खुलेपछि मात्रै उनलाई अदालतमा पेश गर्ने गरी म्याद थप गरिएको हो ।
रौतहटको राजपुरमा बम विस्फोटपछि घाइतेहरुलाइ सामूहिक नरसंहार गरेको लगायत आरोपमा आलमलाई गत असोज २५ गते पक्राउ गरिएको हो ।