May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

आज धनतेरस ः के हो धनतेरस ?

आज धनतेरस ः के हो धनतेरस ?

कात्तिक ८, २०७६ काठमाडौं ।

पञ्चांगअनुसार कार्तिक कृष्ण पक्षीय त्रयोदशीको दिन अर्थात् यमपञ्चकको पहिलो दिन धनतेरस पर्व मनाइन्छ । सुनलाई लक्ष्मीमाता र वृहस्पतिको प्रतीकको रुपमा लिदै यस दिन सुन वा चाँदीका गहना किन्ने परम्परा पनि छ ।

पित्तलका भाँडा लक्ष्मी र वृहस्पतिका प्रतीक मानिन्छन् । त्यसैले यो दिन पुराना भाँडा परिवर्तन गरेर तामा, पित्तल वा चाँदीका नयाँ भाँडा किन्ने परम्परा छ । धनतेरसमा सुन किन्न नसके पनि तामा वा पित्तलका भाँडा किन्नुपर्ने मान्यता रहिआएकाले यो दिन नयाा भाडा किन्ने चलन छ ।

लक्ष्मीपूजा गर्दा नयाँ लुगा लगाउनुपर्ने मान्यता अनुसार धनतेरसकै दिन नयाँ लुगा , लक्ष्मी, गणेशका मूर्ति, खेलौना, सेता मिठाईहरू पनि किन्ने परम्परा छ ।

यसै दिन समुद्र मन्थन गर्दा धन्वन्तरि देव अमृतको कलश लिएर प्रकट भएका थिए र माता लक्ष्मी पनि सुनको घैंटोसहित प्रकट भएकी थिइन् भन्ने जनविश्वास छ । त्यसैले धनतेरसका दिन धन्वन्तरि र लक्ष्मीको पूजाको विशेष महत्व छ ।