May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

नेवार समुदायको आज किजा पूजा

नेवार समुदायको आज किजा पूजा

१३ कात्र्तिक, काठमाडौं – नेवार समुदायले आज भाइटीका (किजा पूजा) लगाउँदैछन् । भाइटीकाको दिन म्हः पूजा गर्ने नेपाल पञ्चांग निर्णायक समितिको निर्णय थियो । सोही अनुसार कतिपयले हिजो नै म्हः पूजा गरेका छन् । तर, भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने प्रचलनअनुसार केहीले ११ कात्तिक (सोमबार) नै म्हः पूजा गरेका थिए । नेपाल सम्बत्को नयाँ वर्ष हिजो भएकाले नेवार समुदायले आज किजा पूजा गर्न लागेका हुन् । दाजुभाइ दिदीबहीनीले एकअर्काको दीर्घायूको कामना गर्दै टीका लगाएर सगुन र उपहार दिने प्रचलन छ ।