June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

प्रधानमन्त्री ओलीको चार घण्टा लगाएर ‘डायलाइसिस’, डायलाइसिस गरिएको लुकाउने प्रयास

प्रधानमन्त्री ओलीको चार घण्टा लगाएर ‘डायलाइसिस’,  डायलाइसिस गरिएको लुकाउने प्रयास

१३ कार्तिक काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा चार घण्टा लगाएर ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्री ओलीलाई गोप्य रुपमा आईसीयूमा राखेर गोप्य डायलाइसिस गरिएको अस्पताल उच्च स्रोतले बाणिण्ज्य न्यूजलाई बताएको छ । अस्पताल प्रशासनले प्रधानमन्त्रीका विषयमा औपचारिक जानकारी दिन चाहेको छैन । स्वास्थ्य परीक्षणका लागि बिहान ९ बजे अस्पताल लगिएको भनिएपनि राती सम्म पनि उहाँको अवस्थाको बारेमा आधिकारीक धारण आएको छैंन् ।


प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीले नियमित उपचार प्रक्रियाको लागि भर्ना हुनुभएको उल्लेख गरेपनि अस्पताल स्रोतले चार घण्टा लगाएर सफल डायलसिस गरेको बताएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यस्थिति, उपचार आदिबारे अन्य चिकित्सक, पदाधिकारीलाई समेत सूचना अस्पतालबाटै लुकाउने प्रयास भएको एक अस्पतालका डाक्टरले बताएका छन् । उनका अनुसार निजी चिकित्सक शाह र अर्का चिकित्सक दिलीप शर्मालाई मात्र प्रधानमन्त्रीको मेडिकल रिपोर्ट हेर्न दिइएको छ ।
ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो । त्यसपछि नियमित स्वास्थ्य परीक्षण गर्दे आउनु भएका ओली केह दिन अगाडि पनि ग्राण्डीमा नियमित जाँचको लागि अस्पताल भर्ना हुनु भएको थियो । प्रधानमन्त्री दोस्रो पटक सिंगापुरबाट भदौ २० गते फर्किएका थिए ।
सामान्यतया मिर्गौलाको कार्यक्षमता १५ प्रतिशतभन्दा कम भएपछि डायलाइसिस गरिन्छ । सामान्यतया मिर्गौलाले पूर्ण रूपमा काम गर्न छोडे हप्ताको ३ पटकसम्म अस्पतालमै लगेर डायलाइसिस गरिन्छ ।