April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

वैदेशिक रोजगारीका क्रममा तीन महिनामा एकसय चौरासी कामदारको मृत्यु , बोर्डले दियो सात लाखका दरले क्षतिपूर्ती

वैदेशिक रोजगारीका क्रममा तीन महिनामा एकसय चौरासी कामदारको मृत्यु ,                          बोर्डले दियो सात लाखका दरले क्षतिपूर्ती

१४ कार्तिक, काठमाडौँ — चालु आर्थिक वर्षको तीन महिना अवधिमा वैदेशिक रोजगारीका क्रममा १ सय ८४ कामदारको शव विभिन्न देशबाट नेपाल आएको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएर नेपाल आएका यि लासहरुलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सहयोग स्वरुप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्म आएको शवलाई निजको घरठेगानासम्म लैजान ब्यावस्था अनुरुप आफन्तको जिम्मा लगाएको छ ।
त्यस्तै मृत्यु भएका १ सय ७१ कामदारका परिवारलाई सरकारले राहतस्वरूप सात लाखका दरले आर्थिक सहायता गरेको छ । बोर्डले साउनमा ६०, भदौमा ६४ र असोजमा ४७ मृतक कामदारका परिवारलाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराएको हो । बाँकी तेह्र जनाको भने चाडैनै सहायता रकम उपलब्ध गराउँने तयारीमा बोर्ड रहेको छ ।
बोर्डले वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्र तथा नेपाल फर्केको एक वर्षभित्र मृत्यु भएका व्यक्तिका परिवारलाई ७ लाखका दरले आर्थिक सहायता दिने गरेको छ ।
तीन महिना अवधिमा बोर्डले वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा बिरामी भएका ९८ कामदारका परिवारलाई आर्थिक सहायता गरेको छ ।