May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भै सरकारी निवासमा

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भै सरकारी निवासमा

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन् ।उनी बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास बालुवाटार गएका हुन् । अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले ‘आई एम फिट’ भन्ने प्रतिक्रिया दिएका छन् ।ओली बुधबार अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री ओली मिर्गौलाको बिरामी हुन् । झण्डै १२ वर्ष अगाडि भारतको एपोलो अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता नियमित औषधि सेवन गर्दै आएका उनी हालै दुई पटक सिंगापुर गएका थिए । सिंगापुरमा प्लाज्माफेरेसिस विधिबाट उपचार गरिएको थियो ।