June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

बस दुर्घटना हुँदा काठमाडौंमा तीनको मृत्यु, २० भन्दा बढी घाइते

बस दुर्घटना हुँदा काठमाडौंमा तीनको मृत्यु, २० भन्दा बढी घाइते

काठमाडौं । काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार आमा ह्योल्मो यातायातको बस सिन्धुपाल्चोकबाट काठमाडौं आउँदा गरेको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको हो । तीनजनाको घटनास्थलमै मृत्यु भएको र घाइते सबैको उद्धार गरिएको छ ।