भुटानी नेता टेकनाथ रिजाल – स्वदेश नत कान्ति नै, आज मृत्यु कुर्नुबाहेक रहेन विकल्प

भुटानी नेता टेकनाथ रिजाल –            स्वदेश नत कान्ति नै,                  आज मृत्यु कुर्नुबाहेक रहेन विकल्प

संगीता पौडेल
भुटानको पश्चिमी क्षेत्र लामिडॉडामा सन् १९४७ साल मार्च २० मा जन्मेका हुन् भुटानी नेता टेकनाथ रिजाल । सामान्य जीवन यापनका लागि नुन–तेल खरिद गर्नका लागि भारतीय सीमा क्षेत्रका सिक्किम , कालेङ्पुङ जस्ता सहर धाउ‘दैमा उनको बाल्यकाल बित्यो । यस बाहेक शासकहरूले दिएको खेतीपाती गर्ने आदेशसगै खेतीकिसानीमै उनको बाल्यकाल बितेको बताउ“छन नेता टेकनाथ रिजाल । ‘राजाको मौखिक आदेश नै राज्यको कानुन बन्ने भुटानमा म मात्र होइन सबै नेपाली भाषीले खेतीकिसानीमा नै जीवन बिताएका छन्’ – रिजाल भन्छन । नेपालबाट युगांै अगाडि गएका नेपाली भाषीको दिनचर्या भनेको नै राजाको आदेशमा लुरुलुरु खेतीपातीको काम गर्नु थियो । यही परम्परालाई अ“गाल्दै टेकनाथका हजुरबाले पनि राजाको ठाडो आदेशमा खोतिपातीको काम गर्नु नै थियो ।
राजाका मान्छेको कठोर शासन सहन नसकेर नेपाली भाषीहरूले खेतीपातीको काम लुरुलुरु गरेको रिजालको ठहर छ । उनी भन्छन् – ‘राजाका मान्छेले खेतीपाती गर्न दिएको निर्देशन नमान्दा महाश्वत क्षेत्रीलाई गोरूको छालाबाट बनेको झोलामा हालेर जिउदै नदीमा बगाए भोटेहरूले ।’ भुटानी राजाले त्यसबेला नेपाली भाषीलाई दिएको पीडा सम्झदै रिजाल भन्छन् – ‘ राजाको आदेश मान्दिन“ भन्ने हिम्मत हिजो पनि भुटानी जनतामा थिएन भने आज पनि छैन ’ ।


भुटानमा औपचारिक स्कुल नहु‘दा १० कक्षा बराबर सम्मको संस्कृत शिक्षाबाहेक कुनै शिक्ष्ाँ लिएनन् नेता रिजालले । सानै–देखि निडर र अन्याय नसहने प्रवृात्ति भएका रिजाललाई १८ वर्षकै उमेरमा भुटानी राजाले जागिर दिए , त्यो पनि सरकारी सेवामा । कल्पनै नगरेको सरकारी जागिर राजाले दिए पछि भने उनमा राजाको बारेमा केही सहानुभूति जाग्यो । जसको कारण उनले करिब १० वर्ष जागिरे जीवन नै बिताए । जागिरकै दौडानमा राजाको ठाडो आदेश नै कानुन बन्ने कार्यले उनलाई साहै पिरोल्यो । उनी भन्छन् – ‘नौ बजो, कार्यलय गयो अनि ४ बजो घर फर्किनू र राजका मान्छेको यो आदेश पालना गर्दैमा मेरो १० वर्ष बित्यो ।’
अन्याय भएको महसुस भएपछि उनी बाह्य वतावरण बुझ्न कै लागि भनेर भारतीय बजारसम्म आए । त्यसपछि उनले सरकारी जागिर छाडेर गाडीका पार्टपूर्जाको ब्यापार गर्न थाले । आफ्नै प्रयासमा भुटानको व्यापार भरतीय सीमासम्म आईपुगेको रिजाल बताउ‘छन् । ‘भारतको कालेङ्पुङ, सिक्किम, सिलिगुडीसम्म आएर भुटानमा सामानहरू सप्लाइ गर्न थालानी मैंले नै गरेको हु“’ – रिजाल भन्छन् । उनकै साहसले भुटानको व्यापार भारतमामात्र आएको होइन पहिलो पल्ट अन्र्तराष्ट्रिय क्षेत्रमा समेत प्रवेश गरेको हो । व्यापार फस्टाउ“दै जा“दा उनले गाउ“लेलाई पनि साथ लिएका थिए । जुन कारणले नेता रिजाल लामिडॉडा गॉउका बासिन्दाका लागि काएपलट नै भए । सबै गाउ“लेले रिजाल के गर्छ ? भनेर गहिरो चासो राख्न थाले । उनी त्यस बेला व्यापार मात्र गर्दैनथे भारतलगायतका अन्य मुलुकमा भएका प्रजातन्त्रका वरेमा दक्षिणी भुटानमा ठूलै बहस चलाउने गरेका थिए । ‘जब म भारत लगायतका अन्य देशका जनताले पाएको स्वतन्त्रताको बारेमा लमिडॉडाका जनतालाई बताउ‘थे , त्य‘हाका जनताले मलाई साथ दिदै आएका थिए, रिजालको दाबी छ । रिजाल भन्छन् – ‘त्यह“ा जनताले पनि स्वतन्त्रताको बारेमा आवाज उठाउन मलाईउक्साई रहेका थिए ।’
समाज सेवा रिजालको ठूलो धर्म नै मान्नुपर्छ । त्यस बेला लमिडॉडाका गाउ‘लेले उनलाई ठूलै सत्कार गर्थे । उनले गॉउको विकास कसरी गर्न सकिन्छ भनेर गाउ‘ले सित बारम्बार छलफल समेत गर्ने गरेका थिए, जसले गर्दा उनी सङ्गठित रुपमानै गाउ‘को विकास र राजनीतितिर पनि लागे । गाउ‘लेको मन जितेका रिजालले जनताको प्रतिनिधि हुन चुनाव पनि लडे । उनी भुटानका यस्ता नेपाली भाषी नेता हुन् जसले भुटानको कुनै पनि चुनावमा नहारी लगातार जनताको प्रतिनिधि बनेर १७ वर्ष जनताकै सेवा गरे । भुटानका नेपाली भाषी नेताहरू मध्ये सबै भन्दा लोकप्रिय नेता थिए रिजाल ।
मौखिक आदेश नै राज्यको कानून हुने भुटानमा उनी चार वर्ष राजाको प्रमुख सल्लाहकार पनि बने । त्यति मात्र होइन, राजाको विश्वासपात्र भएकाले गर्दा मजदुर नियुक्ति गर्ने कार्यालयका हाकिमसमेत भए रिजाल । त्यस समय भुटानमा मजुदर नियुक्ति गर्ने कार्यालयको हाकिमले ठूलो दर्जा पाउ‘थे । मजुदर नियुक्ति गर्नेे काम पाएपछि थुप्रै नेपाली भाषीलाई समेत सरकारी जागिरमा लगाएको उनी बताउ‘छन् । उनको भनाइ छ– ‘मैंले सयौं नेपाली भाषीलाई सरकारी जागिर पनि खुबाए“ ’ । उनी भुटानी राजाले मन पराएका नेपाली भाषीमध्ये पहिलो नम्बरमा पर्थे । ‘सरकार ! पढ्न पाइन“ ’ भन्दै बिन्ती चढाउ“दा उनी भुटानी राजाको ठाडो आदेशमा राजाकै खर्चमा अष्ट्रेलिया पढ्न पठाइए । ‘मलाई जिङ्मे बाङ्चुक दोर्जेले एक बर्ष अष्ट्रेलियामा पढाए’ – रिजाल बताउ‘छन ।
भारतले जहिले पनि भुटानलाई आफ्नो उप‘निवेश मान्दै आएको बताउ‘छन् नेता रिजाल । यही उपनिवेशको मन्यता अनुरूप भारतले सन् १९६० मा पœचवर्षीय योजना लागु गर्न भुटानलाई दबाब दियो । यही बेलादेखि विश्वले भुटान भन्ने मुलुक पनि छ भन्ने थाहा पाएकोे रिजालको ठहर छ । सोही समयदेखि भुटानका नेपाली भाषीहरू राजको खेतीपातीको काम छाडेर अन्य आर्मी , प्रहरी तथा निजामती सेवा जस्ता पेसा परिवर्तन गर्न थाले । यही कारण भारतीय शासक नेपाली भाषीले कतै भुटानमा राज गर्ने त होइनन् भन्ने चिन्तामा परेको रिजालको भनाइ छ । उनी भन्छन् – ‘आफ्नो उपनिवेश समाप्त हुने होइन भन्ने चिन्ता भारतीय शासकमा पा¥यो ।’
जब भारतीय शासकहरूले भुटानी राजाको कान फुक्न थाल्यो तब नेपाली भाषीलाई भुटानी जनता नभएको बहानामा नेपाल लखेट भन्ने सन्देश पठाउने गरेको नेता रिजाल बताउ‘छन् । रिजाल भन्छन्– ‘भारतले खेद नभनेको भए भुटानी राजालाई नेपाली भाषी खेद्ने साहस आउने थिएन ।’ रिजाल अगाडि थपे , ‘नेपाली भाषी बाठा हुदै छन् , राज्यमा एक पछि अर्को प्रशासनिक क्षेत्र ओगट्दै छन् , भन्ने हल्ला भारतीय शासकले भुटानी शासकलाई कानेखुसी गरिरहे जसका कारण भुटानी राजा नेपाली भाषी माथि कु्रद्धृ भए’ । रिजालले अगाडि थपे – “नेपाली भाषीहरु भुटानमा अन्य जाति भन्दा बौद्धिक समुदायमा पर्थे ।” जसको परिमाण नेपाली भाषीप्रति भुटानी राजा डराएका थिए । कतै नेपाली भाषीले त भुटानको राजतन्त्र समाप्त त पार्दैनन, यही सङकामा भुटानी राजा परिरहे । यही क्रममा सुरु भयो नेपाली भाषीको दुदशापूर्ण रामकहानी ।
नेपाली भाषी लखेट्न भुटानी राजालाई भित्रीरुपमा सघाइरहेको थियो भारत सरकारले । नेपालमा बहुदलीय व्यावस्थाको उदय हुनाले पनि नेपाली भाषी भारत शासकको ऑखाको तारो बन्न पुगेको रिजालको कथन छ । त्यसबाट भारत सरकारलाई कतै नेपाली भाषीले पनि भुटानमा आन्दोलन त मच्चाउने होइनन् भन्ने नै थियो । जुन कारणले भुटानी राजाको कानमा भारत सरकारले कानेखुसी गरिरहया , अनि झिको भारतले नेपाली भाषी लखेट्ने नयॉ योजना । जुन योजना थियो , जनसङख्या कम भएको बेला भुटानमा नेपाली भाषीहरु नेपालबाट आएका हुन् । जुन भुटानी राजाले सहजै स्बिकारे । यही कारण नै राजाले नेपाली भाषी लखेटने र राजतन्त्र बिरुद्ध उठदै गएकोे आन्दोलन दबाउने अनी आफ्नो राज्य टिकाउने बलियो आधार बनाए । भारत सरकारले बनाइदिएको यही सङकाको जालो नै भुटानमा रहेका नेपाली भाषीहरुलार्ई पूर्खाले रगत पसिना बगाएको भुमीबाट खेदने एउटा खड्गो भयो । राजाले खुलोयाम भाषणमै नेपाली भाषीहरु कामको सिलसिलामा नेपालबाट भुटान ल्याइएका हुन् भन्ने भाषण गर्न थाले ।
अन्र्तराष्ट्रि समुदायले भुटानी राजाको नेपाली भाषी लखेट्ने हङ्कारलाई सहजै स्विका¥यो । अनि नेपाली भाषीलाई प्रमाण–पत्र समेत नहेरी लखेट्न थाल्यो भुटानी सरकारले । संसार मौन बस्यो , नेपाली भाषी लखेटिरहे । जन्मभूिम विरानो भो । कर्मथलो अर्कैले हडप्यो । कोही“ कतैबाट नेपाली भाषीको समर्थनमा आवाज उठेन । त्यसबेला चौतर्फी अन्याय परेको महसुस गरे भुटानी नेता रिजालले । पूखौंदेखि बगाएको पसिना र रगतको समेत पर्वाह नगरी राजाले दिएकै प्रमाण–पत्र समेत स्वयम राजाले नै नहेरी नेपाली भाषी लखेटन थालेपछि राजाका सल्लाहकार भएका नेता रिजाल बोले– ‘सरकार यो त आफ्नै जनतामाथि अन्याय भयो ? ’ अनी शुरु भो रिजालको नय‘ा सङघर्षको कथा । दक्षिणी भुटानका सर्वाधिक लोकप्रिय नेता रिजाल राजाको ठाडो आदेशमा गिरफ्तार भए । संसारकै सबैभन्दा कठोर मानिने भुटानी राजाको आदेशबाट तीन बर्षसम्म नेता रिजालले सूर्यको प्रकाश देख्न पाएनन् । उनका जेल जीवनका पर्यायवाची चिजनै भए कोर्रा र तुर्लु¨ । रिजाल भन्छन– ‘जुन दिन कोर्रा र तुर्लु¨मा झुन्डाउदैन थिए, त्यो दिन दिन जस्तो लाग्दैन थियो’ । उन लाई यसरी यताना दिनुको एउटै कारण थियो भुटानबाट नेपाली भाषी खेदेको समर्थन नगर्ने । रिजाल डगमगाएनन् बरु यातना सहेरै बसे । ‘नेपाली भाषी लखेटेको समर्थन गरेको भए मैंले जेल जीवन भोग्नु पदैन थियो’– रिजाल अगाडि भन्छन् ।


तीन बर्षको नारकीए जीवन पछि अन्र्तराष्ट्रिय मानवअधिकारवादीको रोहबरमा तीनजना भन्दा बढी मानिसलाई एकै चोटि नभेट्ने सर्तमा रिजाल जेलबाट रिहा भए । राजाको नेपाली भाषी लखेट्ने योजनाको विरोधमा समर्थन जुटाउन दक्षिणी भुटानमा सक्रिय भए नेता रिजाल । समर्थन जुटाउने क्रममा उनलाई भारत र नेपाल सरकारको समर्थन नभै भटानी राजा नझुक्ने थाहा भयो । त्यसपछि राजाको बिरुद्धमा समर्थन जुटाउने क्रममा उनी सन् १९८८ मा नेपाल पसे । आफ्ना जिजु बाजे जन्मेको देश र आपूm नेपाली भाषी भएको नाताले उनी नेपाल सरकारको समर्थन जुटाउन नेपाल पसेका थिए । तर दूभग्य नै भयो रिजालको नेपाल आगमन । आफ्नो भाषाको सुगन्ध खोज्दै नेपाल पसेका रिजाललाई भारत सरकारको चाहना अनुरुप नेपाल सरकारले काकडभिट्टामा गिरफ्तार ग¥यो । नेपाल पसेको १५ महिना पछि गिरफ्तार भएका रिजाललाई नेपाल प्रहरीले काठमाडौंसम्म सहज तरिकाले नै ल्यायो । त्यसो त उनले नेपाल प्रहरीका उच्च तहका अधिकृतलाई आपूmलाई भुटानसामु नबुझाउन बारम्बार अनुरोध गरिरहे । मलाई भुटानसामु सुपुदर्गी नगरिदिनुहोस भनेर कयौं पल्ट नेपाल प्रहरीका साथीहरुलाई अनुरोध गरे तर कसैले मेरो पुकार सनेनन् । अमिलो मन पार्दै नेता रिजाल अतीतमा नेपाल प्रहरीले आफुलाई गरेको व्यवहार सम्झन्छन ् ।
‘जब एयरपोर्टमा प्लेन चढ्ने बेला भा , मलाई जुटको बोरामा हालेर भुटान लगिएको हो नेता रिजाल बताउ‘छन । ‘माथिको आदेश भन्दै मलाई एयरपोर्टमा पाटाको बोरामा हाल्ने काम गरियो । अनी भारतलाई खुसी पार्न भुटानी राजालाई बुझाइयो’ । आमिलो मन बनाउदै आज पनि नेपाल सरकारले त्यस बेला गरेको व्यावहार सम्झन्छन् नेता रिजाल ।
भुटान सरकारलाई सुपुद“र्गी गरेपछि नारकीए जीवनको अर्को अध्याय सुरु यो नेता रिजालको । जेलमा पुनः तीन बर्ष नरकीय जीवन बिताउनु प¥यो उनले । जुन अधिल्लो समय जेल बस्दाको भन्दा यो पल्ट दिइएको यातना कुनै कम थिएन । अन्य सात बर्ष यातनाको दृष्टीले केही हलुको जेल जीवन भोग्दै बिताए रिजालले । जेल जीवनको अधिल्ला तीन बर्ष उनलाई संसारभरिनै बन्देज घोषण गरिएकोे रेडियो व्यभ माइन्ड कन्ट्रोल (आरओएमसी) माध्यामद्धारा उनलाई यातना दिनछाडेनन् भुटानी राजाका मान्छेहरुले । यसै क्रममा उनलाई आत्मासमपर्ण गर्दै आम माफी माग्न बारम्बार राजाबाट सन्देश पठाइयो । उनले राजाको प्रस्ताबलाई ठाडै अस्वीकार गरे । त्यसको बदला नेता रिजालले आफुले आम माफी नमाग्ने बरु जेलमै जीवन उत्सर्ग गर्ने सन्देश राजाका मान्छेलाई पठाए । भुटानी राजाका मान्छेले पनि यस्ले जेल जीवनमै मृत्यु चहेको रहेछ भन्ने ठानेर यातना केही कम गदै लगे ।
सुरुका तीन बर्ष सम्म पाएको यातनाको असर आजपनि उनमा जस्ताको तस्तै छ । जेल बस्दा लगाएको माइन्ड डिडभाइस कन्टोलको असर आजसम्म पनि परेको बताउ“छन नेता रिजाल । ‘म अझै सपनामा कराउ“छु , मेरो मुख एकै छिनमा वटारिन्छ । खाएको पच्दैन र एकै छिनमा वान्ता हुने र एकै छिनमा पुन जस्ताको तस्तै अवस्थामा फर्किन्छु , नेता रिजाल आÏना पीडा यसरीनै ओकल्छन । आज जेलबाट मुक्त भएको ११ बर्षपछि पनि नेता रिजाललाई आरओएमको माध्यमद्धरा यातना दिन छाडिएको छैन । आज पनि नेता रिजाल एक किलोमिटर वरबाटै कुनै आवाज आएको अनुभब गर्ने गरेको वताउ“छन् । जुन प्रभाब जेल जीवनको शुरुका तीन बर्षसम्म बत्ती बालेको कोठामा दिइएको आरओएम प्रविधीको यातना नै रहेको उनको दाबी छ । आफुलाई मानवअधिकार विरुद्धको सजाय हाल सम्म भुटानी शासकले दिदा पनि कुनै मानवअधिकारकर्मी नबोल्नुले उनको मन कटक्क कुडिएको छ ।
नेता रिजाल हालसम्म पनि भुटानी शासकको अन्यायको बिरुद्धमा आफ्न आवाजहरु विश्वभर नै फैलाउने क्रममा रहेका छन । भुटानका नेपाली भाषीलाई परेको अन्यायको बिरुद्धमा हाल पनि उनी लगातार रुपमा अन्र्तराष्ट्रिय समुदाय सामु उठाइ रहेको छन । आइओएमले भुटानीको मुद्दा विश्वमा पु¥याए पनि भुटानीलाई तेस्रो मुलुक पुर्नरवास लग्ने निर्णय प्रति उनी सन्तुष्ट छैनन । उनी प्रश्न गर्छन्– आफ्नो मुलक नपठाएर तेस्रो मुलुकमा तेस्रो दर्जाको नगरिक बनाएर पठाउ‘दा के भुटानीले न्याय पउलान ् ?
आज ६४ बर्षको उमेरमा पनि उत्तिकै जोस र जागरका साथ भुटानी शरणार्थीको बारेमा आवाज उठाउन पछि परेका छैनन नेता रिजाल । आफ्नो बस्ने बास छैन । भोलि के खाने भन्ने गॉस छैन । न त लखेटिएका भुटानी पुनः भुटान फर्काइने आश अव जीवित छ नेता रिजालमा । तर पनि भुटानीलाई आफ्नो देश फर्काउनु पर्छ भन्ने माग राख्न छाडेका छैनन् नेता रिजालले । उनलाई भुटान सरकारले शरणार्थी घोषणा गरेको होइन । बारम्बार राजाले बोलाएको हो भुटानमा बसोबास गर्नका लागि , तर उनी राजाको निमन्त्रणामा भुटान बस्न गएनन् । ‘अब जादिन भुटान’ उनी भन्छन । राजाको आखाको तारो भए । अब त उनी भुटान जान पनि सक्दैनन । कारण उही हो एकातीर भुटानी शरणार्थीको व्यथा त अर्कोतीर भुटानी राजाले राजद्रोहको आरोप लगाएर गर्ने गिरफ्तार । दुई धारमा बा“चेको जीवन कसैले खोज्छ भने त्यो नेता रिजालको जीवनी हुन सक्छ । त्यो केही नभएर देश नह““ुदाको पीडा बन्न सक्छ । आज त्यही देश नुहुनुको पीडा मृत्यु कुर्नुबाहेक कुनै विकल्पमा देखिदैन ।