April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

प्रधानमन्त्रीको जस्तै मिर्गौला रोग के हो ? यो कसरी फेल हुन्छ ?

प्रधानमन्त्रीको जस्तै मिर्गौला रोग के हो ? यो कसरी फेल हुन्छ ?

१५ कार्तिक, काठमाठौं – यतिखेर देशमा मिर्गौला समस्या बारेमा ठूलै चर्चा हुने गरेको छ । प्रधानमन्त्री केपी ओलीले मिर्गौलामा समस्या भएका कारण दुई दिन अस्पतालमा बस्नु परेपछि यस्को चर्चा झन चुलिएको हो । बाह्र बर्ष अगाडि मिर्गौलाको ट्रन्सप्लान्ट गर्नु भएका ओलीले दुई दिन अस्पताल बस्दा यस्को यो रोगको चर्चा झन माथि पुगेको हो । मिर्गौला समस्या जो केहीलाई नै हुने गरेको छ । जसका कारण हामिले ज्यानै गुमाउनु पर्ने समेत अवस्था आउँदछ ।
मिर्गौला हाम्रो शरिरको महत्वपूर्ण अङ्ग हो । मिर्गौलाका रोगीहरु दिनानुदिन बढीरहेका छन् । मिर्गौलामा खरावी आयो भने हामिलाई बिभिन्न रोगहरु लाग्ने गर्दछन ।

। तसर्थ मिर्गौला भनेको के हो ?, मानव शरिरमा मिर्गौलाले के कसरी काम गरिरहेको हुन्छ, यो कसरी काम नलाग्ने अवस्थामा पुग्दछ जान्नु् पर्ने हुन्छ ।
मिर्गौला शरीरको बीचैबीच कम्मरको नजिक हुन्छ । यो अंग मुठ्ठिको बराबर हुन्छ । हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छ । यदि एउटा मिर्गौला पूर्णरुपमा खराब भयो भने पनि अर्को किड्नीले शरीरलाई ठीक रुपमा सञ्चालन गर्दछ ।
मिर्गौला खराब हुनुको मुख्य लक्षण सुन्निनु हो । शरीरमा पानीको मात्रा बढी भयो भने सुन्निने समस्या हुन्छ भने नूनको मात्रा बढी भयो भने उच्च रक्त चाप हुन्छ । यसबाहेक रगत बनाउनु, हड्डिहरुलाई मजबुत पार्नु अर्थात् भिटामिन ‘डी’ बनाउनु, उच्चरक्तचाप नियन्त्रण गर्नु र शरीरमा उत्पन्न भएका खराब पदार्थलाई शरीरबाहिर निकाल्ने काम गर्दछ । मिर्गौलाका कैयौं समस्याहरु हुन्छन, जसलाई जान्न आवश्यक छ ।


मिर्गौलाले शरीरमा रस एवं रगतमा उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई पिशाबबाट बाहिर निकाल्ने काम मिर्गौलाले गर्दछ । प्राकृतिक रूपमा स्वस्थ मिर्गौलासँग दिनहुँ ६० किलो जति पानी छान्ने क्षमता हुन्छ । सामान्य रुपमा मिर्गौलाले २४ घण्टामा एकदेखि दुई लिटर पिशाब बनाउँछ ।
मुटुद्वारा पम्प गरिएको रगतको २० प्रतिशत रगतको मात्र मिर्गौलामा जान्छ, जहाँ यो रगत सफा भई पुनः शरीरमा जाँदछ । यसरी मिर्गौलाले हाम्रो रगत सफा गर्दछ । यस्ले शरीरलाई काम नलाग्ने पिसाबबाट शरीरको बाहिर निकाल्छ ।
मिर्गौला फेलहुनाका मुख्य कारणहरुमा मुटु, दम, श्वास, टि.बी., सुगर, प्रेसरजस्ता रोगहरुको निदानका लागि भनेर आधुनिक औषधीहरुको बढी सेवन गर्नु नै यसको प्रमुख कारण मानिन्छ । मिर्गौलाको विशेष सम्बन्ध मुटु, फेक्सो र कलेजो सँग हुन्छ । मुख्य गरी मुटु र मिर्गौलाले परस्पर सहयोगी भाग हुन् । कसैलाई मुटु रोग लागेको छ भने उसको किड्नी पनि विग्रन्छ । त्यसबेला त्यो व्यक्तिको रक्तचाप उच्च हुन्छ र क्रमशः मुटु कमजोर हुँदै जान्छ । आजकाल मिर्गौला पे,लको मुख्य कारण ब्लड प्रेसर, सुगर, पत्थरी तथा धेरै पेन किलर प्रयोग गर्नाले हुने गरेको छ ।

मिर्गौलामा फिल्टर अर्थात् स–साना छिद्र हुन्छ, जसले खराब तत्वलाई शरीर बाहिर निकाल्ने र राम्रो तत्वलाई शरीरका लागि लाग्दछ । नेफ्रोटिक सिन्ड्रोममा मिर्गौलामा जुन फिल्टर हुन्छ, त्यसका छिद्रहरु ठूलो भएर जान्छ र ती छिद्रबाट शरीरका लागि उपयोगी तत्व पनि खराब तत्वका साथमा बाहिर निस्कन्छ । परिणामतः विहान अनुहार सुन्निने तथा बेलुका खुट्टा खासगरी पैताला सुन्निने गर्दछ । जुन मिर्गौला विरामीको सुरुको लक्षण मानिन्छ ।
उपचारका लागि बायोप्सी नामको क्रिया गरिन्छ, जसको माध्यमद्वारा पत्ता लाग्दछ कि न्यूट्रोटिक सिन्ड्रोम कुन अवस्थामा छ भनेर । सुन्निने समस्याप्रति ध्यान दिएन र समयमै उपचार गरेन भने विस्तारै विस्तारै किड्नी फेल हुन पुग्दछ । बिरामीको पिशाबमा केही तत्व तथा रसायनको मात्रा बढी हुन्छ । जुन तत्व पिशाबसँग घोलिदैन, जुन जमेर स्टोन अर्थात् पत्थर बन्न जान्छ । क्याल्सियम, फास्फोरस, यूरिक एसिड, सिस्टीन र कैयौं अन्य तत्वले स्टोन बनाउँदछ । जब पत्थर बन्छ, त्यो क्रमशः ठूलो हुँदै जान्छ र यसले पिशाबको बाटो बन्द गरिदिन्छ । यसबाट मिर्गौलाको संक्रमण तथा फेल हुने जोखिम बढेर जान्छ । मिर्गौला पत्थरीको लक्षण भनेको पिशाब रोकिनु, असह्य दुखाइ, पिशाबमा रगत आउनु, पिशाब पोल्नु हो । खानामा नून कम गर्ने र पिउने चिजमा पानीको मात्रा एकदेखि डेढ लिटर मात्र पिउनु पर्छ । समयमै उपचार गर्दा यस्तो रोग लागेका विरामी ९० प्रतिशत ठिक हुन्छन् ।