काठमाडौंमा उल्लासमय छठ पूजा

काठमाडौंमा उल्लासमय छठ पूजा

आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका छन् । काठमाडौँको कमलपोखरी र गुहेश्वरी क्षेत्रमा छठ पर्वका लागि श्रद्धालु भक्तजनको उल्लेख्य भीड लागेको छ । अर्घ्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा छ । सुरक्षा व्यवस्था कडा पारिएको यस क्षेत्रमा भक्तजन हर्षोल्लासकासाथ छठको समापन गरेका छन् । छठ भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै समापन हुन्छ ।
राष्ट्रपति विद्या भण्डारीले छठीमाईको पूजा अर्चना गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाईको पूजा आराधना गरेकी हुन् । त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि कमल पोखरी पुगेर छठीमाइको पूजा आराधना गरेका छन् ।
मानव सभ्यता, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्य उपासनाको परम्परासँग जोडिएको पर्व हो छठ । छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा पनि गरिने गरिन्छ । मानव सभ्यताको विकास नदी किनारबाट भएको मानिन्छ । छठ पर्वमा नदी र तलाउ किनारबााट सूर्यको आराधना गर्दा आपसी सद्भाव, एकता र सहिष्णुताको सन्देश दिने जनविश्वास छ ।
ब्रत बस्नेले छठको पहिलो दिनदेखि नै माछामासु, लसुन, प्याज, कोदो, मसुर नखाएर शुद्ध हुन्छन् । अहिले तराईका जिल्लामा मात्रै नभएइ पहाडी जिल्ला र उपत्यकामा पनि छठ पर्वलाई उत्तिकै महत्व दिने गरिन्छ । राजधानी उपत्यकामा पनि छठ उल्लासका साथ मनाइएको छ ।