May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

अभरको गर्जो टार्ने संम्पत्ति सुन

अभरको गर्जो टार्ने संम्पत्ति सुन

१७ कार्तिक २०७६ काठमाडौं–
थापाथलिको नर्भिक अस्पतालमा अपm्नो श्रीमानको उपचार गराई रहेकी निर्मला थापाले अस्पतालमा लागेको उपचार खर्च तिर्न पैसा नपुगेपछि अफ्नो गहना सुन पसलमा राखेर पैसा निकालीे अस्पतालको चार्ज तिरेर अफ्नो श्रीमानलाई अस्पतालबाट डिस्चार्ज गरेकी छिन ् । यो आर्थिक संकटमा निर्मलाको अभरमको गर्जो टार्ने बस्तु बनेको छ सुन । त्यस्तै ललितपुरका राजिब कोइरालाले नयाँ जग्गा किन्न लाग्दा अफ्नो घरमा रहेको सुन राखेर पैसा निकाली जग्गा खरिद गरेका छन । यी त प्रतिनिधी पात्र मात्र हुन पछिल्ला दिनमा सुन धेरै नेपालीको एउटा भरपर्दे अभरको गर्जो टार्ने बस्तु भएको छ । अर्थशास्त्रमा बिलासिताको बस्तुमा मापन हुने पहेलो धातु सुन दिनँहु घट्ने र बढने प्रकृतीको हुने भएकाले यो सुन आम नेपालीका लागि एउटा लगानीको भरपर्दै आधार भएको छ । शेयर बजारलगातार रुपमा धटिरहेको बेला नेपाल राष्ट्र बैंकले घर जग्गा करोबारमा कडाई गरेपछि सुन लगानीको केन्द्र बिन्दु भएको हो ।
सुन जडित गहना महिलाको सवैभन्दा लोकपृय सिड्गारको सामाग्री भएकोले लगानी कर्तालाई सुन एउटा थप आकर्षणको सामाग्री भएको छ । सांस्कृत महत्बका कार्जे पटि बिबाह भोज भतेर जस्ता समारोहमा महिलाहरुको आकर्षणको केन्द बिन्दु नै गहना हुँदैआएको छ । सुनचाँदी ब्यबसायीहरुका अनुसर गहनाका परखीमा पुरुष भन्दा महिला बढी हुने गरेका छन् । प्रयःगरेर पुरुषहरु महिलाको उक्साहटमा गहनामा लगानी गदै भएका छन् । स्पस्टसँग भन्नु पर्दा पुरुषलाई गहना किन्न महिलाले नै उकासनु पर्दछ । एकातीर घरमा आमा श्रीमती दिदी बहिनीको सुन किन्ने चाहाना त अर्को तीर प्रतिदिन सुनको मुल्य बढने प्रकृतीले गर्दा सुनमा थप लगानी भैरहेको छ । समुदाय बीचको अलग गहनाका पहिचानले गर्दा पनि सुन खपत बेशी हुदै आएको पाइन्छ । बजारमा सुन भन्नाले गहना भन्ने जनाउँदछ । नेपालमा गहना खरिद गर्ने समुदायको अफ्नै किसिमका बिशेषता छन् । माडबारी , तराईबासी र पाहाडबासी समुदायले आफ्नै जातिय बिशेषता इाल्काउने किसिमका गहना प्रयोग गर्ने गरेका छन् । सहरी महिलाहरुले गहना आफ्नो पहिरनमा मिलायर लगाउने गरेका धेरै उधारण पइन्छ । उता ग्रामिण महिलाहरुले प्रायगरेर परम्परा धान्ने गहनाहरुको प्रयो ग गर्ने गरेका छन । ग्रामिण महिलाहरुले परम्परागत गहना प्रयोग गर्ने गरेतापनी यो आधुनिकतासँगै परिबर्तनहुदै गएको छ । पुराना चलनअनुशारका गहरगहनाहरुको आकार र तौल हाल निरन्तर धट्ने क्रममा छन । बजारमा नयाँ डिजाएनका गहनाको माग बृद्धि हुदै जादाँ सुन खपत पनी बृद्धि हुदै गएको छ । यो सोन्दर्यको साधन मात्र भएको छैन सुन यो अभरको गर्जो टार्ने एउटा गतिलो माध्याम पनि भएको छ ।


बैंकमा भन्दा पसलमा आकर्षण
बैक तथा बित्तीय संस्थाहरुको बिकाशसँगै हाल बैकमा सुनको कारोबार हुन थालेको छ । नेपालमा क बर्गका वणिज्य बैंकले सुनको कारोबार गदै आएको पाइन्छन् । बैकहरुको बिकाश अगाडि साहुमहाजनले सुन लिदै ऋण दियर ब्याज कमाउने गरेकामा हाल पनी यो चलन घटेको छैन । हिजोआज पनि सुन मालिकहरु बैकमा भन्दा सुन पसलमानै सुन बन्दकी राखेर पैसा सापटी लिने गरेका छन् । बंैकमा कागजी झन्झड बेहोर्न पर्ने भएकाले गर्दा सुनका परखीहरु सुन पसल धाउनै बढी मन पराउँछन् । भनेको समयमा आम उपभोक्ताते तुरुन्त सुन राखेर ऋण पउने भएकाले आम उपभोक्त्त सुन पसल बेशी जाने गरेको पइन्छ । तर यो बैकको जस्तो सुरक्षित र भरपर्दाे भने होइन । केही बर्पयता सरकारी र निजी स्तरका बैंकहरुले सुन राखेर ऋण दिदै आएपनि सुनको ठुलो कारोबार ब्यापारीबाटै हुने गरेको छ । बैकले वीमा र ब्याज गरि करिब ११ प्रतिशत लिने भएपनि बजार मूल्यको ३० देखी ३५ प्रतिशत कम गरेर मूल्यांकन गर्ने गरेका छन् । उता पसलेहरुले २० देखी २५ प्रतिशत कम गरी मूल्यांकन गरी ऋण दिने गरेको बजारमा पाइन्छ । बिगत केही बर्ष यता सुन पसलमा राखेर ऋण लिने भन्दा बेच्चने बेसी पइन्छ । यसको कारण ब्यापरीसँग बिश्वास नभएर सुन बन्धकी राख्ने भन्दा बिक्री गर्ने गरियको उपभोक्त्रा बताउँछन् ।
सुन कारोबार शंकाको घेरमा
राष्ट् बैकले सार्बजनिक गरेको आकडा अनुसार सुुनको आयत हेर्ने हो भने सुन अब धनढयहरुको धन थुपार्ने बस्तु भएको छ । शेयर बजार लगातार रुपमा घटदै जादा केन्दीय बैकले धरजग्गाको कारोबर नियन्त्रणा गर्न लगानीको निश्चित दायरा तोक्नुले लागानीको अन्तीम बिकल्प सुन देखेका आम लगानी कर्ता अन्तत ः सुन खरीदमा उत्साहित देखिन्छन । सुन आयातको स्थिती हेर्ने हो भने यो केही पहुँचबालाले ठुलो परिमाणमा खरीद गरी आफ्नो घरको लकर दराजमा राखेको सहजै अनुमान गर्न सकिन्छ । सरकारले लगानीको स्रोत खोज्ने रणनीति अक्तियार गरेपछी लगातार रुपमा बैंकहरुमा तरलता अभाब देखिनु तथा केन्दीय बैंकले ठुलो परिमणमा रीपो मार्फत नगद प्रबाह गर्दा पनी बेैकमा तरलता अभाब उहि रहनुले ठुलो लगानी गर्ने केही लगानी कर्ताले बैकबाट धमाधम नगद निकाल्दै सुनमा लगानी गरेको र त्यो आपनो घरमा लुकाएर राखेको थाप पुष्टी हुन्छ ।
नेपली सुन बजारमा उपभोक्ता मार्कामा परेका छन । यसको एउटा कारण सुन खरीद गरेपछि बिक्री गर्न खरीद गर्ने पसलमानै बिल सहित जानु पर्ने हो । सुन पसललेले गहना निर्माण गर्दा हाल्ने केमिकलका कारणले नेपाली बजारमा एउटा पसलले बिक्ी गरेको सुन अर्केा पसलेले नकिन्ने गरेको छ । सुन दैनिक रुपमा उपभोक्त्ताले खरीद बिक्री गर्न नसक्ने हुदा खरीद गर्ने बेलाको पसले बिकी गर्ने बेलामा नभेट्दा उपभोक्त्ता केही प्रतिशत बजन कटाएर धाटा खाइ बिकी गर्ने बध्यए छन ।


नेपालमा सुन कारोबार
राष्ट् बैकले सार्वजनीक गरेको ५ महिनाको आयात । निर्यात प्रतिबेदनले नेपालमा सुन उल्लेखय परिमाणका आयात भएको देखाउँछ । प्रतिबेदनले समर्ग २० अर्ब निकाशी हुदा सोहि २० अर्ब बराबरको सुन आयात भएको देखाउँदछ । यो परिमाण हेर्दा सुनमाथिको लगानीले अर्थतन्त्रमा ठुलै चुनैति दिएको छ । चुनैती थपिदै जादा राष्ट बैकले सुन आयातमा कडाइ गरेको छ । बिलासिताको बस्तुमा मापन हुने सुन उल्लेख्य रुपमा भित्रिएको कारण समर्ग अर्थतन्त्रलाई नै प्रभाब पर्ने भएपछि राष्ट्र बैकले सुनको आयत घटाउन कडा रणनीति अक्यिार गरेको हो । उल्लेख्य मात्रामा सुन भित्रीएको तथ्याडक भएपनि त्यो काँहा छ भन्ने यकिन आकडा राज्यसँग छैन ् । सरकार सुनको लगानी बारे अनभिज्ञ रहेको बेला सुन राजनीति गर्ने र कालो कारोबारमा सामेल हुने ब्याक्तीको पोल्टामा गएको पुष्टी हुदै गएको छ ।

अमेरिकी डलर अन्य प्रमुख मुद्राको तुलनामा कमजोर भएपछि पहेले धातु सुनको मुल्य बढने र डलर मजबुद हुदा सुनको मुल्य घट्ने हुन्छ । डलर संचिती गर्नैहरु सुनतर्फ आकर्सित भएपछि नेपाली बजारमा सुन बृद्धि हुने गरेको हो । यहि प्रबिधीलाई पछयाउद्रै स्थानिय बजारमा केही पहिले बर्ष देखी सुनको मुल्य आकाशिदै आएको थियो । स्थानिय बजारमा बढेर ३३ हजारको हाराहरीमा पुगेको सुन भने हाल घटबढको क्रममा छ । अन्र्तराष्टिय बजारमा सुनको माग र मुल्य बढेपछि त्यसको असर नेपाली बजारमा पर्ने गरेको छ । बिगतमा दैनिक ५ किलोको हाराहारीमा सुन बिक्री हुने गरेकोमा हाल यो परिमाण बृद्धि भएर १० केजि बिक्री हुने गरेको सुन चाँदि ब्यबसायीहरु बताउँछन । ब्यबसायीका अनुसार केहि बर्ष पहिले प्रयोगका लागि सुन खरिद गर्ने गरीएको भएनि हाल करिब २५ प्रतिशत नाफा कमाउने उदेश्यले सुन खरिद गर्ने गरियको हो । यसमा सुन अन्य सम्पती जस्तो बाहिर नदेखीने भएकोले कालो तथा सेतो कारोबार गर्ने दुबै पक्षको आर्कषण लगानीको केन्द्र बनेको पाइन्छ । सुनको मुल्य बिगत केही बर्ष यता अत्याधिक मात्रामा बृद्धि भएको छ । यो बि सं २०६३ सालमा प्रतितोला १२ हजार थियो भने हाल सुनको मूल्य बृद्धि भएर ३० हजार माथि भएको छ । बि सं २०६३ सालअधि स्थानिय बजारमा झिटिगुन्टा र भन्सार भन्दा बाहिरी बाटोबाट सुन नेपाल आयात हुदै भारत जाने गरेको थियो । तर बि स. ०६० सालमा भारत सरकारले सुनचाँदि ब्यापारमा खुला नीति लिएपछि भारतीयबाट उल्टो सुन बिपरित निर्यात हुदै नेपाल आउने गरेको छ । भारत सरकारले सुनमा खुला नीति लियपछि नेपाल सरकारले पनी ०६३ सालमा खुल्ला नीति अनुशर सुन कारोबार गर्ने ब्यापरीलाई लाइसेन दिएको हो तर अब सुनमा फजुल लगानीले अर्थतन्त्रमा गम्बिर संकट पदै जादा सरकारले सुन आयातमा कडाई गर्न थालेको हो । हाल नेपालमा करिब ९६ प्रतिशत सुन आयातित छ । सुन बजारको बिकाशसगै नेपाली बजारमा सरकारी र निजी बैकहरुले सुन कारोबार गर्न थालेका छन् । नेपाल आउने सुनमा दुबाइ र दक्षिण अफ्रिकाबाट बेसी र शुद्ध सुन आउने गरेको छ । यसका अलाब लण्डन, सिंहापुर, हडकड र अस्टे्लियाबाट सुनको आयात हुन्छ । नेपालमा बर्षिक ४ देखी ५ टन सम्म सुन आयात हुने गरेको देखिन्छ । आर्थिक बर्ष ०६४÷ ६५ मा मात्र करिब ४ टन (४ हजार किलो ) सुन आयात भएको थियो । भने यो परिमाण दश बर्ष पछि झण्डै १० दन नै पुगेको छ । अधिल्ला बर्षहरुमा भन्दा बृद्धि परिमाण हेर्दा सुन देशलाई ट्रान्जिट पइन्ट बनाएर बाह्र मुलुकमा गइ रहेको छ । सुन पहुँचबालाको लकर र सिरानीमा थन्किन पुगेको केही जानकारहरु बताउँछन ।