फ्mेरी बलिउडमा खेल्दै सुनील थापा ।

१७, कार्तिक, २०७६ । ‘राते काँइला’ का नामबाट चर्चित ६४ वर्षीय अभिनेता सुनील थापाले पाँच वर्षअघि बलिउड फिल्म ‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेर खेलेका थिए  । अब फ्mेरी सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा यिनले खेल्ने पक्का भएको छ ।
‘क्वाथा’ बाटै बलिउड अभिनेत्री क्याटरिना क्याफकी बहिनी इसाबेल क्याफले डेब्यु गर्न लागेकी हुनाले पनि यो फिल्म तीब्र प्रतीक्षित छ । यो फ्mिल्ममा थापाले मुखियाको भूमिका निर्वाह गर्दैछन् ।
झन्डै ३ सय नेपाली फिल्म खेलेका यी अभिनेता सन् १९६४ मा चेतन आनन्दको चर्चित फिल्म ‘साहिब बहादुर’ बाट बलिउडमा प्रवेश गरेका हुन् ।