May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

हाइड्रोपावरको सुरुङभित्र ४ मजदुर फसे,उद्वारकार्य हुदै

हाइड्रोपावरको सुरुङभित्र ४ मजदुर फसे,उद्वारकार्य हुदै

१८ कात्तिक, २०७६ । सुरुङभित्र पठाइएको अक्सिजन पाइपमा अवरोध हुँदा बुङल नगरपालिकास्थित अपरकालंगा हाइड्रोपावरमा चार जना मजदुर भित्रै फसेका छन् । सुरुङभित्र फ्mस्नेमा दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, शेरसिंह धामी बझाङ र अछामका महेन्द्र साउँद रहेका छन् ।

उक्त घटना आइतबार साँझ नै घटेको र उनीहरूको उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना हिजै रातिबाट खटिएपनि सम्भव नभएपछि काठमाडौंबाट हेलिकोप्टरमा उद्धार टोलि पठाइएको छ ।