June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

को हुँदैछन प्रदेश प्रमुखमा नियुक्त ?

को हुँदैछन प्रदेश प्रमुखमा नियुक्त ?

काठमाडौं – सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएपछि रिक्त रहेको प्रदेश प्रमुख पदका लागि नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी सरकारले गरेको छ ।
यस विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैंठकमा छलफल भएपछि मन्त्रिपरिषदको बैठक बसेर राष्ट्रपति समक्ष सिफारिस गर्ने नामावलीको टुंगो लगाउने भएको छ ।
हिजो मन्त्रिपरिषदको बैठक बसेर सिफारिस गर्ने तयारी गरेपनि सचिवालयको बैठकमा नामावलीका विषयमा विवाद हुँदा नियुक्ति प्रक्रिया अगाडी बढ्न सकेको छैंन् ।
रिक्त प्रदेश प्रमुख पदमा सचिवालय बैठकमा प्रारम्भिक छलफलमा प्रदेश नम्बर १ – शर्मिला त्रिपाठी , प्रदेश नम्बर २ – धर्मनाथ यादव (सिराहा), प्रदेश नम्बर ३ – अमिक शेरचन (चितवन), गण्डकी प्रदेश – सोमनाथ अधिकारी प्यासी (कास्की) प्रदेश नम्बर ५ – विष्णु प्रसाई (झापा), कर्णाली प्रदेश – तिलक परियार (बाँके), सुदुरपश्चिम प्रदेश – गोविन्द कलौनी (डडेल्धुरा) लगायतका नाम आएको स्रोतले बताएको छ ।