May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

यसरी जोगाउनुस् चिसोमा आफ्नो अनुहारलाई

यसरी जोगाउनुस् चिसोमा आफ्नो अनुहारलाई

जाडोयाम सुरु भइसकेको छ । जाडो सुरु भएसँगै आफ्नो सुख्खा भएको छालालाई कसरी मुलायम तथा चम्किलो राख्ने भनेर तपाई चिन्तित हुनुहुन्छ ? हुनुहुन्छ भने त्यस्को लागि सजिलो विकल्प छ । हामी घरेलु उपायबाट सजिलै तपाईहरुलाई जाडोमा आफ्नो शरीरलाई जोगाउने विकल्प र त्यसबाट हुने फाइदा बताउँदै छौं ।
१ चिसो मौसममा शरिर ढाक्ने लुगा लगाउनुपर्छ । अघिल्लो वर्ष थन्क्याएर राखेका लुगा सिधै प्रयोग गर्दा छालामा एलर्जी हुन सक्छ, त्यसैले यस्ता कपडा प्रयोगमा ल्याउँदा धोएर, वा घाममा सुकाएर मात्र प्रयोगमा ल्याउनुपर्छ ।
२ नुहाउँदा मनतातो पानीको प्रयोग गर्ने हो भने छाला सुख्खा हुन पाउँदैन र नुहाउँदा कडा साबुनको प्रयोग पनि गर्न हुदैन ।
३ राति सुत्नु अघि मेकअप हटाएर आफ्नो छालालाई राम्रो सँग क्लिन्जरले सफ्mा गरेर आफ्नो छाला सुहाउदो क्रिम लगाउनुपर्छ । यसो गर्दा छाला सुख्खा हुन पाउदैन ।
४ गर्मी मोैसमको भन्दा अझ्m प्रभावकारी हुने खालको मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।
५ हरिया सागपातसाथै प्रशस्त पानी पिउने त्यस्तै, गालामा भएको छिद्र तथा नाकमा भएको ब्ल्याकहेड्सको पनी स्क्रब गर्न सकिन्छ । यसरी स्क्रब गर्दा घरेलु उपाय पनी अपनाउन सकिन्छ ।