April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

किन परे डेपुटी गर्भनर श्रेष्ठ निलम्बनमा ? कारण सुमार्गी देखि प्रधानमन्त्री पत्नी राधिकासम्मको सम्बन्ध

किन परे डेपुटी गर्भनर श्रेष्ठ निलम्बनमा ?  कारण सुमार्गी देखि प्रधानमन्त्री पत्नी राधिकासम्मको सम्बन्ध

१८ कार्तिक २०७६ काठमाडौं ।
राष्ट्र बैंकले शिवराज श्रेष्ठमाथि लागेको आरोपको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेपछि श्रेष्ठ स्वत्तः निलम्बनमा परेका छन् । राष्ट्र बैंकले श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र डा. सुबोध कुमार कर्ण गरी ३ सदस्यीय छानबिन समिति गठन गरेपछि नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार डेपुटी गभर्नर छानबिन प्रक्रिया अगाडि बढेसँगै स्वतः निलम्बनमा पर्ने व्यवस्था अनुरुप श्रेष्ठ निलम्बनमा परेका छन् । श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा असहयोग गरेको, एनसेललाई अदालतको निर्णय आउनुपूर्व नै लाभांश लैजान स्वीकृति दिएको, बैंकको खराव कर्जा लुकाउन सहयोग गरेको, सुमार्गीको रकम फुकुवा गर्न सहयोग गरेकोजस्ता आरोप लगाइएको छ । तर श्रेष्ठले यसलाई आफुलाई गर्भनर हुन नदिन चलखेल भएको भन्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्रेष्ठ निलम्बनमा परेपछि उनी निलम्बनमा पर्नुकोकारण खोजी हुन थालेको छ । राष्ट्र बैंकका डेपुटी गर्भनर श्रेष्ठ दोषी हुँदा गर्भनर चिरञ्जीवी नेपाल र अन्य जिम्मेवार पदाधिकारी चोखो हुन कसरी सके ? शिवराज श्रेष्ठ दोषी थिए भने किन गर्भनर नेपालले त्यसलाई तत्कालै रोक्न पहल गरेनन् ? किन लामो समयसम्म मौन बसे ? यस्को प्रश्न राष्ट्र बैंकका कर्मचारीले खेजिरहेका छन् । नियमसम्मत वा बदनियतपूर्ण तरिकाले कुनै काम भएको छ र त्यति बेला गर्भनर विदामा भएपनि त्यस्को खोजी भएर गर्भनर पनि कारवार्हीमा पर्नुपर्नेमा त्यो भएको देखिदैन् ।
कुनै पनि सरकारी कार्यालयमा काम गर्दा एकल व्यक्तिले चाहेर मात्रै निर्णय हुँदैन् । त्यहाँ टिप्पणी उठाउनेदेखि सिफारिस गर्ने, चेक गर्ने काम हुन्छ । साथै, आन्तरिक नियन्त्रण प्रणाली हुन्छ । त्यस्तो नियन्त्रण प्रणाली बलियो बनाउने मुख्य काम भनेको गर्भनरले हो । त्यसपछि डेपुटी गर्भनरहरुले हो । त्यो भएकोले शिवराज एक्लैले गरेको होइन तर पनि यतिखेर सबै कामको जिम्मेवारी भने शिवरामलाई गएको छ ।


कुनै कर्मचारीले बदनियतपूर्ण काम गर्न खोज्यो भने तत्कालै हाकिमले रोकेर उसलाई सचेत गराउने प्रवधान सरकारी कार्यालयमा हुन्छ । यसो हुँदा डेपुटी भन्दा पनि गर्भनर नै मुख्य दोषी हुनु पर्नेमा त्यो पाइदैन् ।
श्रेष्ठ काँग्रेस कोटाबाट डेपुटी गर्भनर भएका थिए भने चिन्तामणि शिवाकोटी तत्कालिन एमालेको कोटाबाट डेपुटी गर्भनर भएका थिए । श्रेष्ठले बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलगायत जिम्मा पाएका छन् भने अर्का डेपुटी गभर्नर सिवाकोटीले नियमनलगायतका काम हेर्दै आएका छन् । केही जानकार काँग्रेस भएकै अनी गर्भनरको प्रमुख दाबेदार भएका कारण वर्खास्तमा परेको बताउँछन् । अर्थमन्त्री डा युवराज खतिवडाले नरुचाएको र उनी पुन गर्ननरमा आउन सक्ने भएका कारणले पनि बखास्र्तसम्मको खेल भएको राष्ट्र बैंक स्रोतको दावी छ ।
नयाँ गर्भनर नियुक्तिका लागि अब करिव पाँच महिना समय बाँकी छ । गर्भनरका लागि अर्थसचिव राज खनालसहित आधा दर्जनको नाम चर्चामा छ ।
यस अगाडि नेपाली काँग्रेसको कोटामा डेपुटी गभर्नर बनेका शिवराज गभर्नरको प्रमुख लाइनमानै थिए । उनी बाहिरी रुपमा काँग्रेस भएपनि भित्री रुपमा नेकपा अध्यक्ष प्रचण्डका विश्वास पात्र अजये सुमार्गी सित निकटस्थ पनि थिए । उनलाई सुमार्गीको सम्पत्ति संरक्षामा विशेष भुमिका खेलको समेत आरोप लगाइएको छ । त्यती मात्र होइन उनी प्रधानमन्त्री पत्नी राधिका शाक्यका क्यासमेट समेत हुन् । यस अगाडि पनि शाक्यकै जोडबलमा श्रेष्ठ डेपुटी भएका थिए । यही समय प्रधानमन्त्री पत्नी शाक्य र सुमार्गीलाई हातमा लिए भने गर्भनर हुनबाठ कसैले पनि उनलाई रोक्न सक्ने अवस्था थिएन । सम्बन्धबाट डराएर अर्थमन्त्री लगायतको डिजाइनमा उनलाई निलम्बर गर्ने खेल भएको राष्ट्र बैंक सम्बन्ध स्रोत भन्छ ।