१८ कात्तिक, काठमाडौं
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जबर्जस्ती करणी उद्योगको अभियोगमा जेल चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनलाई सोमबार अपराह्न डिल्लीबजार कारागार चलान गरिएको हो ।
जिल्ला अदालतमा आइतबार र सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा पठाउने आदेश दिएको हो ।
महराले बलात्कास प्रयास गरिएकी भनिएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाही पनि अदालत पुगेकी थिइन् । इजलासमा महराको पक्षमा बहस चलिरहेका बेला पीडित भनिएकी महिला रोशनी शाही आफूले पनि अदालतमा धारणा राख्न पाउनुपर्ने भन्दै इजलासमा पुगेकी थिइन् । न्यायाधीशले रोशनीलाई बोल्न नदिएपछि उनी महराका सहयोगीहरुको गाडीमा चढेर फर्किएकी थिइन् ।