May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

घर कर्जामा ब्याज नबढ्ने

घर कर्जामा ब्याज नबढ्ने

१९ कार्तिक २०७६ काठमाडौं ।
व्याजदर वृद्धिका कारण नियमित किस्ता भन्दा बढी रकम तिर्नु पर्दा उपभोक्तालाई समस्या पर्दे आएकामा अव सो समस्या समाधान हुने भएको छ । नेपाल राष्ट्र बैंकले निजी आवासीय घर बनाउने प्रयोजनका लागि कर्जा लिने सर्वसाधारणलाई सहज बनाइदिए पछि यो समस्या हटेको हो । राष्ट्र बैंकले पहिलोपटक घर बनाउन चाहने व्यक्तिलाई कर्जाको सीमा बढाउनेदेखि ब्याज बढे पनि किस्ता नबढ्नेगरी आकर्षक योजना ल्याएर सहजीकरण गरिदिन निर्देशन दिएको छ । पहिलोपटक घर बनाउन चाहनेहरुले लिएको ऋणमा बैंकको व्याजदर वृद्धि भएपनि तोकिएको किस्ता भन्दा बढी बुझाउन नपर्ने बरु किस्ताको समयसीमा बढ्नेगरी व्यवस्था मिलाउनुपर्ने व्यवस्था समेत केन्द्रिय बैंकले गरेको छ । पहिलोपटक घर खरिद गर्ने व्यक्तिका लागि जग्गा धितोमा दिने ऋणलाई जग्गाको मूल्यको ७० प्रतिशतसम्म दिन सकिनेगरी सीमा बढाएको छ । यसभन्दा अगाडि यस्तो धितोमा ६० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था थियो । बैंकले घर भाडाबाट प्राप्त हुने आम्दानीलाई त्यसरी लिने ऋणको स्रोतको रुपमा देखाउन नपाइने व्यवस्था भने राष्ट्र बैंकले थपेको छ ।
इजाजत प्राप्त संस्थाहरुका लागि तयार गरेको एकीकृत निर्देशन अनुसार एकल ग्राहक तथा क्षेत्रगत कर्जा सापट र सुविधाको सीमा निर्धारण सम्बन्धी व्यवस्थालाई संशोधन गर्दै नेपाल राष्ट्र बैंकले नयाँ नियम ल्याएको हो ।
राष्ट्र बैंकले लिने ऋणको सीमा भने १ करोड ५० लाख रुपैयाँसम्म कायम राखेको छ । ऋणी आफैंले प्रयोग गर्नुपर्ने र ३ हजार वर्ग फिटसम्मको हुनुपर्ने सीमा समेत थपको हो ।