प्रहरी ग्राहक बनेर बन्यजन्तुका अङ्ग तस्कर पक्राउ

प्रहरी ग्राहक बनेर बन्यजन्तुका अङ्ग तस्कर पक्राउ

१९ कार्तिक २०७६ काठमाडौं ।
विशेष सूचनाको आधारमा वन्यजन्तुको छालाको व्यापार गरिरहेको छ भन्ने जानकारी पाएपछि प्रहरीले ग्राहक बनेर बन्यजन्तु तस्करलाई नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वन्यजन्तुको अङ्ग (आखेटोपहार) को अन्तर्राष्ट्रिय व्यापार गर्ने गिरोहको क्रियाकलाप नियान्दै आएको मा ग्राहक बन्ने योजना बनाएर तस्करलाई नियन्त्रणमा लिएको हो । योजनाअनुसार पहिले वन्यजन्तुको छाला हेर्ने अनि मोलतोल गर्ने भनेर उनीहरुलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट काठमाण्डौ बोलायो । यही क्रममा चरीबाघको छालासहित काठमाण्डौको सिनामङ्गलमा भेटेर प्रहरीले आइतबार दुई जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल बस्ने २४ वर्षीय सरोज लम्साल र रामेछापको दोरम्बा बस्ने २५ वर्षका सुरेन्द्र श्रेष्ठ रहेको सिविआई टोलीले बताएको छ । उनीहरुलाई थप कारवाहीका हिजो हजिो सोमबार डिभिजन वन कार्यालय काठमाण्डौमा बुझाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार उनीहरुविरुद्ध कारबाही गरिने छ ।