May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

गर्भ नरहने गरी यौनसम्पर्क राख्न चाहनुहुन्छ ? अपनाउनुस् यो तरिका

गर्भ नरहने गरी यौनसम्पर्क राख्न चाहनुहुन्छ ? अपनाउनुस् यो तरिका

१९,कात्तिक, २०७६, काठमाण्डौ । हामी सबैलाई थाहा भएकै कुरा हो, यौन मानवीय र जिवित प्राणीको नैसर्गीक आवश्यकता नै हो । यौन सम्बन्धले श्रीमान श्रीमतीको सम्बन्धलाई बलियो बनाउँछ । जसरी मानिसलाई खानपानको जरुरी हुन्छ त्यसरी नै ै सेक्सको पनि उत्तिकै मात्रामा आवश्यकता पर्छ । तर यहाँ बुझ्नुपर्ने कुरा यो छ कि, विबाहिताले गर्ने सेक्स र अविवाहिताले गर्ने सेक्समा जोखिम र चुनौताहरु उत्तिकै मात्रामा हुनेगर्छन् । त्यसैले आज हामी यौनसमपर्क गर्दा गर्भ नरहने गरी गर्ने उपाय वताउदै छौ ।
यहाँ हामीले बुझ्नु जरुरी छ भने गर्भ रहन धेरै कुराको तालमेल मिल्नु जरुरी छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर कतिपय अवस्थामा लामो समयसम्म पनि गर्भ नरहन सक्छ ।

यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । तर त्यही अनुपातमा अगाडीका दिनमा विर्य नै योनिमा स्खलन गर्दा पनि गर्भ रहने सम्भावना अत्यन्तै न्युन हुन्छ ।

सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै गर्भ्निरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।
सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४, १८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।