अर्घाखाँचीको नगरपानीमा ट्याक्सी दुर्घटना हुँदा ३ को मृत्यु, २ घाइते

अर्घाखाँचीको नगरपानीमा ट्याक्सी दुर्घटना हुँदा ३ को मृत्यु, २ घाइते

२० कात्तिक २०७६। बुटवल । अर्घाखाँचीको नगरपानीमा ट्याक्सी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने, २ जना घाइते छन् ।

रुपन्देहीको मुर्गियाबाट अर्घाखाँचीको सन्धिखर्क जादै गरेको बा १७ च ६९१७ नम्बरको ट्याक्सी सडकबाट तल खस्दा सो दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ट्याक्सीमा सवार २ जना पुरुष र एक महिला रहेका छन् । मृतकको पहिचान हुन सकेको छैन ।