April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

अस्ट्रेलियामा महिला राष्ट्रिय फुटबल टिमका खेलाडी र पुरुष राष्ट्रिय टिमका खेलाडीको पारिश्रमिक बराबर

अस्ट्रेलियामा महिला राष्ट्रिय फुटबल टिमका खेलाडी र पुरुष राष्ट्रिय टिमका खेलाडीको  पारिश्रमिक बराबर

२०, कात्तिक, २०७६ ।

अष्ट्रेलिया अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक प्राप्त गर्ने बुधबार सम्झौता भएको छ ।

खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ ।

फुटबल फेडरेसन अस्ट्रेलिया (एफएफए) ले घोषणा गरेको नयाँ विधि अनुसार माटिल्डाका स्टार महिला खेलाडीहरु साम कर र एली कार्पेन्टरले सकरुजका चर्चित पुरुष खेलाडीहरु आरोन मूए र म्याट र्याएन सरह पारिश्रमिक प्राप्त गर्नेछन ्।

महिला खेलाडीहरुले पुरुषझैं अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाँदा विमानमा “बिजनेस क्लास”को टिकट पनी पाउने छन् ।