May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

खेल खेलेरै साढे चार करोडको बंगला

खेल खेलेरै साढे चार करोडको बंगला

२१ कात्तिक २०७६ काठमााडौं –
विश्वका खेलाडीले अलिसान बंगला किनेको र राजशैलीमा बसेको समाचार हामी बारम्बर सुन्दै आएका थियौ । नेपाली कुनैपनि खेलाडीले सो किसिमको बंगला किनेको थिएनन् । तरपछि समय संजिब लामिछानेले युरोपियन खेलाडीकै शैलीमा आलिसान बंगला किनेका हुन् । उनले राजधानीको बुढानिलकण्ठमा झण्डै एक रोपनी क्षेत्रफलमा बनेको बंगला किनेका हुन् । विदेशी क्लबहरुसित अनुबन्ध भएर उनले आलिसान घर किन्न सफल भएका हुन् ।
खेल जीवनमा सफलता पाएसँगै उनको जीवनशैलीमा समेत परिवर्तन भएको छ । उनले गत वर्ष टाटाको नेक्सन गाडी किनिसकेका छन् । त्यस्तै उनीसँग बिएमडब्लु र रोयल इन्फिल्ड बाइक पनि छ ।
नयाँ घर किनेर सन्दीप भर्खरमात्रै सरेका छन् । यसअघि उनको परिवार चितवनको सौराहा बस्दै आएको थियो । साढे दुई तल्ले घरको पहिलो तल्लामा डाइनिङ रुम र सिटिङ रुम छ । सन्दीपले पहिलो तल्लामा आफ्नो कोठा बनाएका छन् । माथिल्लो तल्लामा भने उनले परिवारका सदस्य र पूजा कोठाका लागि छुट्याएका छन् । घरको कम्पाउण्डमा बँगैचा छ । साथै चार वटासम्म गाडी अट्ने पार्किङ छ । अन्तराष्ट्रिय टी ट्वान्टी फ्रेन्चाइज प्रतियोगितामा सन्दीपले पछिल्लो समय लाखबाट करोडमा फड्को मारेका छन् ।

सिटिङ रुममा सन्दीपले विभिन्न क्रिकेट प्रतियोगितामा जितेका ट्रफी र मेडलहरु सजाएका छन् ।
भारत, वेस्ट इन्डिज, क्यानडा, अस्ट्रेलिया, युएई, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, हङकङ लगायतका देशका फ्रेन्चाइज लिगमा सन्दीपले आफ्नो सेल सफल रुपमा प्रस्तुत गरेका छन ।